एमाले महाधिवेशनमा ५१ जना थारु प्रतिनिधि, केन्द्रीय कमिटीमा पर्ने कसरत


लक्की चौधरी
काठमाडौं, मंसिर ११ गते । नेकपा (एमाले) को जारी दशौं महाधिवेशनमा सर्वसम्मत नयाँ नेतृत्व चयनका लागि कसरत जारी छ । आज शनिबार शुरुभएको बन्दसत्रले ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णयलाई अनुमोदन गरेको छ । बन्दसत्रले सर्वसम्मत नेतृत्व चयनका लागि सूची तयार गर्ने जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई प्रदान गरेको छ । अब अध्यक्ष ओलीले गर्नुभएको प्रस्तावलाई बन्दसत्रले अनुमोदन गर्नेछ । अनुमोदित त्यही कमिटी नै नयाँ नेतृत्वको रुपमा चयन भएको मानिनेछ ।

एमाले विधानले विभिन्न क्लष्टरअनुसार केन्द्रीय कमिटीमा सहभागी गराई कमिटीलाई समावेशी चरित्रको बनाउने अभ्यास गरेको छ । तर छुट्याइएको क्लष्टरअनुसारको कोटा समानुपातिक सहभागिताका आधारमा पर्याप्त भने छैन । यद्यपि सबै बर्ग समुदायको प्रतिनिधित्व गराउने अभ्यास एमालेले गर्नु नयाँ प्रयास भने हो । सोहीअनुसार केन्द्रीय कमिटीमा थारु समुदायबाट ५ पुरुष २ महिला सहित ७ जनाको कोटा निर्धारण गरिएको छ ।

३०१ केन्द्रीय कमिटीमा ७ जनाको कोटा प्रतिशतमा २.३२ मात्र हो । जनसंख्यालाई आधार मानी समानुपातिक सिद्धान्तका आधारमा प्रतिनिधित्व गराउने हो भने कम्तीमा केन्द्रीय कमिटीमा थारु सदस्यहरु १७ जना पुर्याउनुपर्छ । त्यति थारुलाई केन्द्रमा ल्याउन एमालेले सक्दैन । थारु प्रतिनिधिलाई ल्याउँदा अन्य क्लस्टरबाट पनि त्यहीआधारमा ल्याउँदा केन्द्रीय कमिटी जम्बो हुनजान्छ । त्यसैले त्यो सम्भव नहोला ।

चितवनको सौराहामा जारी १० औं महाधिवेशनमा कुल २ हजार १७५ जना महाधिवेशन प्रतिनिधि रहनुभएको छ । त्यसमा थारु प्रतिनिधिको संख्या ५१ जना छ । प्रतिशतको आधारमा यो जम्मा २.३ मात्र हो । पदाधिकारीमा निर्वाचन लड्ने आँट थारु नेतामा देखिदैन । केन्द्रीय कमिटीमा निर्वाचित भएका सदस्यहरुलाई केन्द्रीय कमिटीको बैठकबाट पोलिटव्यूरो सदस्यमा लग्ने बाटो भने खुलै छ । एमालेले ९९ सदस्यीय पोलिटव्यूरो गठन गर्ने निर्णय गरिसकेको छ । सो कमिटीमा आउन केन्द्रीय सदस्य बन्नु अनिवार्य हुन्छ ।

सोहीअनुसार ४५ सदस्यीय स्थायी कमिटी गठन गर्ने एमालेले निर्णय गरेको छ । तर स्थायी कमिटीसम्म पुग्ने व्यक्तित्व थारु नेताहरु कसैले बनाएको देखिदैन । केन्द्रीय कमिटीमा निर्वाचित सदस्यमध्ये कोही थारु पोलिटव्यूरोमा जान भने सक्नुहुनेछ । यसअघि केन्द्रीय सदस्य रहिसक्नुभएका थारु नेताहरु पोलिटव्यूरोमा जान सक्नुहुनेछ । त्यसका लागि पनि उहाँहरुले पार्टीभित्र आन्तरिक संघर्ष भने गर्नुपर्छ । हरेक कमिटीमा समावेशीताको मुद्दालाई उठाएर अघि बढ्नुपर्ने हुनसक्छ ।

३०१ सदस्यीय केन्द्रीय कमिटीमा सहभागीता सुनिश्चित गर्न थारु नेताहरुले कोटामा सीमित हुनु सान्दर्भिक देखिदैन । कोटामा ७ जनाको सुनिश्चित सीट हो । बाँकी खुलाबाट आउने प्रयास गर्नुपर्छ । समेट्न बाँकीलाई विधानअनुसार केन्द्रीय कमिटीले मनोनित गर्ने १० प्रतिशतमा पनि थारु प्रतिनिधि समेट्ने प्रयास गर्नुपर्छ । ३०१ को १० प्रतिशत भनेको ३१ जना हो । त्यसमा कम्तिमा दुई जनासम्म थारु (एक महिला र एक पुरुष) मनोनित गराउन सकेमा केन्द्रीय कमिटीमा थारुको सहभागिता थोरै भए पनि बलियो हुनेछ ।

केन्द्रीय सदस्य हुनसक्ने सम्भावना
अहिले महाधिवेशन प्रतिनिधि रहनुभएका नाममध्ये केन्द्रीय कमिटीमा आउन सक्ने सम्भावित नाममा भगवती चौधरी (सुनसरी), शान्ता चौधरी (दाङ), नारदमुनी राना (कैलाली), राजकुमार लेखी (सप्तरी), गंगा थारु सत्गौंवा, धमकली चौधरी (दाङ), गौरीशंकर चौधरी (कैलाली), बैजनाथ चौधरी (नवलपरासी), मझीलाल थनेत (नवलपुर), द्वारिकलाल चौधरी (सुनसरी), मञ्जुकुमारी चौधरी (उदयपुर), वलवीरप्रसाद चौधरी, त्रिलोकी चौधरी (बारा), ममताप्रसाद चौधरी (कैलाली), नरुलाल चौधरी (दाङ) रहनुभएको छ ।

महाधिवेशन प्रतिनिधिको सूची
१) गौरीशंकर चौधरी
२) नरुलाल चौधरी
३) नारदमुनी राना
४) बलवीरप्रसाद चौधरी
५) वैजनाथ चौधरी
६) भगवती चौधरी
७) मञ्जुकुमारी चौधरी
८) शान्ता चौधरी
९) लालवीर चौधरी
१०) केवालाल चौधरी
११) सत्यनारायण चौधरी
१२) गुणवतीदेवी चौधरी
१३) द्वारिकलाल चौधरी
१४) भूमिनारायण चौधरी
१५) वच्चुलाल चौधरी
१६) ताराकान्त चौधरी
१७) मिन्तु चौधरी
१८) देवनारायण चौधरी (सप्तरी)
१९) राजेन्द्र चौधरी
२०) गीता चौधरी
२१) कमलकिशोर चौधरी
२२) नागेन्द्र चौधरी (महोत्तरी)
२३) जितेन्द्र चौधरी
२४) पलट चौधरी
२५) केशवप्रसाद चौधरी
२६) त्रिलोकी चौधरी
२७) चन्द्रदेव चौधरी
२८) देवनारायण चौधरी (बारा)
२९) सरस्वती चौधरी
३०) जयप्रकाश चौधरी
३१) मभीलाल थनेत
३२) तुलसीप्रसाद चौधरी
३३) जागेश्वरदेवी चौधरी
३४) विश्राम चौधरी
३५) रामजी चौधरी
३६) गंगा थारु सत्गौंवा
३७) धमकली चौधरी
३८) लहानु चौधरी
३९) पहाडी चौधरी
४०) विष्णु चौधरी
४१) रामप्रसाद चौधरी
४२) नेपालु चौधरी
४३) झुमा अधिकारी चौधरी
४४) जनक चौधरी
४५) उषादेवी चौधरी
४६) प्रदीप चौधरी
४७) दुर्गा थारु
४८) राजकुमारी चौधरी
४९) महेश्वरी चौधरी (उदयपुर)
५०) ममताप्रसाद चौधरी
५१) कृपाराम राना

तपाईको प्रतिक्रिया