काँग्रेसमा २० थारु चुनावी मैदानमा, उमाकान्त र तेजुलालबीच कडा प्रतिस्पर्धा


हमार पहुरा डट कम
काठमाडौं, मंसिर २७ गते । नेपाली काँग्रेसको चौधौं महाधिवेशनमा सहमहामन्त्रीसहित केन्द्रीय सदस्यका लागि २० जना थारु चुनावी मैदानमा उत्रनुभएको छ । आज विहानदेखि साँझसम्म मतदान हुँदैछ ।

थारु कोटाको एक सहमहामन्त्रीमा उमाकान्त चौधरी (बारा) र तेजुलाल चौधरी (सप्तरी) बीच कडा प्रतिस्पर्धा हुँदैछ । उमाकान्त सभापति शेरबहादुर देउवा पक्षबाट उम्मेदवारी दिनुभएको छ भने तेजुलाल शेखर कोइराला पक्षबाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।

त्यस्तै, केन्द्रीय सदस्य खुलाबाट डा. गोपाल दहित, पदमनारायण चौधरी र मंगलप्रसाद थारुले उम्मेदवारी दर्ता गर्नुभएको छ । सोहीअनुसार प्रदेश १ महिला खुलाबाट सुमित्रा थरुनीले पनि उम्मेदवारी दर्ता गर्नुभएको छ । त्यस्तै, प्रदेश २ महिलाबाट गीता चौधरी, आदिबासी जनजाति महिलातर्फ सरस्वती चौधरीले उम्मेदवारी दिनुभएको छ ।

सोहीअनुसार २ सिट थारु महिला कोटामा ५ जनाले उम्मेदवारी दिनुभएको छ । उम्मेदवारी दिनेमा कल्पना चौधरी, जीवन राना, टीकाकुमारी चौधरी, नमिता कुमारी चौधरी र नवोदिता चौधरी रहनुभएको छ । त्यस्तै, २ सिट थारु खुलातर्फ ७ जनाले उम्मेदवारी दिनुभएको छ ।

थारु खुलातर्फ देवराज चौधरी, पार्वता डिसी चौधरी, भोटनीदेवी खवास, योगेन्द्र चौधरी, रामजनम चौधरी, बद्रीनारायण चौधरी र साजनकुमार महतोले उम्मेदवारी दिनुभएको छ । २ महिला, २ खुला कोटा र १ जा सहमहामन्त्री गरी ५ जना थारु आउने निश्चित भएपनि अन्य थारु उम्मेदवारले गैरथारु उम्मेदवारसँग कडा प्रतिस्पर्धा गरी विजय सुनिश्चित गर्नुपर्ने छ ।

तपाईको प्रतिक्रिया