काँग्रेस खुलातर्फ केन्द्रीय सदस्यमा दुई थारु निर्वाचित, एक जना पराजित (मत परिणाम सूचीसहित)


हमार पहुरा डट कम
काठमाडौं, पुस ४ गते । नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट खुला केन्द्रीय सदस्यमा तीन जना थारुले उम्मेदवारी दिनुभए पनि दुई जना थारु नेता निर्वाचित हुनुभएको छ । ३५ केन्द्रीय सदस्यका लागि ९९ जनाको उम्मेदवारी परेको थियो । सो मध्ये दुई जना थारु निर्वाचित हुन सफल हुनुभएको हो ।

निर्वाचित हुनुहुनेमा पदमनारायण चौधरी (सिराहा) र डा. गोपाल दहित (वर्दिया) रहनुभएको छ । नेता चौधरीले २०३८ मत प्राप्त गरी २३ औं स्थानमा निर्वाचित हुनुभयो । त्यस्तै, डा. दहितले ३४ औं स्थानमा १७१० मत ल्याएर निर्वाचित हुनुभयो । खुला केन्द्रीय सदस्यमध्ये सबैभन्दा बढी मत पहिलो स्थानमा डा. शशांक कोइरालाले ३८३६ मत ल्याएर निर्वाचित हुनुभयो । त्यस्तै, ३५ औं नम्बरमा कृष्णकिशोर घिमिरेले १७०७ मत ल्याएर निर्वाचित हुनुभयो ।

त्यस्तै, खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएको मंगलप्रसाद थारुले १५१७ मत ल्याउनु भएपनि निर्वाचित हुन सक्नु भएन् । खुला केन्द्रीय सदस्यतर्फ तीन जना थारु प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।

हेर्नुहोस् सूचि

तपाईको प्रतिक्रिया