नेपाली मानवाधिकारवादी सबै डलरबादी हुन्ः थारु नेता लेखी


Lekhi

काठमाडौं, पुस २५ गते । आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष तथा थारुनेता राजकुमार लेखीले नेपालका मानवअधिकारवादी ‘मानवअधिकारवादी’ नभएर ‘डलरवादी’ भएको बताउनु भएको छ ।

शनिबार राजधानीमा ‘मधेशीपत्रकार समाज’ले आयोजना गरेको कार्याक्रममा थारु नेता लेखीले नेपालमा रहेको अधिकांश मानवअधिकारवादी संघ÷संस्थाले थारु, मधेशी तथा जनजातिमाथि विभेद गरिरहेको र डलरको खेतिमात्र गरेको अरोप लगाउनु भएको हो । नेता थारुले, ‘यो देशको मानवअधिकारवादीहरु थारु, मधेशीमाथि भइरहेको विभेदको बारेमा बोल्न सकेको छैन, अनि हामी उनीहरु माथी विश्वास गर्ने ?’

टीकापुरमा थारुहरुमाथि भएको अन्यायको बारेमा किन यहाँका मानवअधिकारवादी बोल्न सकेनन् ? मानवअधिकार त निश्पक्ष पो हुनुपर्छ तर यहाँ मानवअधिकार भनेको सेतो छालावालाहरुको लागि मात्र रहेको जिकिर गर्नुभयो ।

यहाँका मानवअधिकारवादी, विभेदकारी छन्, जातियवादी छन् र अब त्यसको प्रतिवाद पनि हुनुपर्ने दावीगर्नु भयो । उनको आरोप थियो, नेपालको सेतो छाला भएको मानवअधिकारवादीहरु तराई मधेशको आन्दोलनलाई भड्काउने काम गरिरहेको जिकिर गर्नुभयो ।

कार्यक्रममा नेता थारुले, सरकारले हामीसँग पटक पटक सम्झौता गरे तर आजसम्म त्यसको कार्यन्वयन भएन, अबको हाम्रो आन्दोलन वारपारको भइरहेको छ । जबसम्म तराई मधेशको माग पुरा हुँदैन त्यति बेलासम्म तराई मधेश बन्द खुल्दैन । तराई मधेशमा बसोबास गर्ने थारु, मधेशीलाई भारतीय देख्नेहरु ‘मेरो पहिलो विदेश भ्रमण दिल्ली हुन्छ’ भनेर अहिले अभिव्यक्ति दिरहेका छन् । त्यसबाट पुष्टि हुन्छ कि यो देशमा वास्तविक नेपाली को हुन् भनेर ?

साथै उहाँले टीकापुर घटनामा पहिला थारुमाथि भएको अन्याय यहाँको मिडियाहरुले नदेख्ने र पछि अरु घटना घट्दा मात्र देख्ने ?‘

अहिले पनि हामी मधेशी मोर्चासँगै आन्दोलनमा छौं, जबसम्म सरकारले तराई मधेशको माग पुरा गर्दैन त्यति बेलासम्म नाकाबन्दी पनि खुल्दैन् नेता थारु भन्छन् । तराई मधेशमा जे जति नागरिक मारिएका छन् त्यसको जिम्मेवारी सरकारले लिनुपर्छ । यसलाई प्रष्टसँग भन्ने हो भने, केपी ओली, कृष्ण सिटौला, भिम रावल, लेखराज भट्ट र शेरबहादुर देउवाले हत्या गराइरहेका छन् । उक्त कार्यक्रममा मधेशी पत्रकार समाजको अध्यक्ष मोहन सिंहको अध्यक्षतामा सम्पन्नभएको थियो ।

तपाईको प्रतिक्रिया