हमार पहुरा डट कम
कपिलबस्तु, पुस १९ गते । थारु पत्रकारको छाता संगठन थारु पत्रकार संघ नेपालको कन्द्रीय भेला तथा केन्द्रीय कमिटीको पूर्ण बैठक पुस २४ र २५ गते कपिलबस्तुमा हुँदैछ । भेलामा केन्द्रीय कमिटीका पदाधिकारी, सल्लाहकार, सदस्यहरु तथा पश्चिमको कैलाली, कञ्चनपुर देखि पूर्वका मोरङ सुनसरी सम्मको थारु पत्रकारको सहभागिता रहने संघका केन्द्रीय सचिव कमल चौधरीले जानकारी दिनुभयो ।
केन्द्रीय बैठक तथा भेलामा थारु पत्रकारको सशक्तिकरण, संघको विधान संशोधनबारे छलफल, थारु पत्रकार संघको जिल्ला अधिवेशन तथा संघको साधारणसभा र केन्द्रीय महाधिवेशनबारे मिति तय हुने सचिव चौधरीले बताउनुभयो । बैठकले नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) मा संघको तर्फबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिबारे समेत टुंगो लाग्न अध्यक्ष सन्तोष दहितले जनकारी दिनुभयो । केन्द्रीय अध्यक्ष दहितकाअनुसार आगामी माघ मसान्तसम्म जिल्ला अधिवेशन गर्ने र फागुन मसान्तसम्म केन्द्रीय महाधिवेशन गर्ने तयारीमा संघ लागेको छ ।