मृगौला पीडित शावित्री चौधरीको दाताहरुसँग आर्थिक सहयोगको आग्रह


हमार पहुरा डट कम
काठमाडौं, माघ १५ गते । साविक पथरैया ७, कैलाली तथा हाल लम्कीचुहा नगरपालिका १ भुर्वा बस्नुहुने मृगौला पीडित मुक्त कमलहरी शावित्री चौधरी (३५) ले सहयोगको आग्रह गर्नुभएको छ । चिकित्सकहरुको सुझावअनुसार आफ्नो एउटा मृगौला काम नगरेको र चाँडै उपचार गर्नुपर्ने भएकाले आर्थिक सहयोगको आग्रह उहाँले गर्नुभएको हो ।

घरको आर्थिक अवस्था दयनीय रहेकाले उपचार खर्च जोहो गर्न नसकिएको भन्नुहुँदै मृगौलापीडित चौधरीले आर्थिक सहयोग प्राप्त भएमा छिटो अपरेशनको काम हुने बताउनुभयो । विगत तीन वर्षदेखि एउटा मृगौला काम नगरेको भएपनि आर्थिक अभावमा उपचार गर्न नसकेको उहाँले बताउनुभयो ।

धनगढीदेखि कोहलपुरसम्मको अस्पतालमा उपचार गरी चिकित्सकहरुको सुझावअनुसार औषधि सेवन गरेपनि मृगौला ठीक नभएपछि छिटो अपरेशन गर्नुपर्ने सुझाव अस्पतालले दिएको उहाँले बताउनुभयो । थप उपचारका लागि आफू काठमाडौं आएपनि आर्थिक अभावका कारण अपरेशनको काम हुन नसकेको उहाँले बताउनुभयो ।

मृगौला खराविका कारण आफू पटक पटक विरामी पर्ने र घरको काम समेत गर्न नसक्ने भएपछि आर्थिक जोहो गर्न नसकिएको उहाँले बताउनुभयो । घरमा जग्गा जमिन नभएपछि मजदुरी गरेर जीवन गुजारा गर्दैआएकाले उपचारका लागि आर्थिक समस्या परेको उहाँले बताउनुभयो । उपचार खर्चकालागि विभिन्न संघ संस्थासँग आग्रह गरे पनि सहयोग प्राप्त नभएको उहाँले हमार पहुरा डट कमलाई जानकारी दिनुभयो ।

आर्थिक जोहो भएमा छिटै उपचार गर्ने भन्दै उहाँले सहयोगको अपिल गर्नुभएको छ । उहाँलाई सहयोग गर्न चाहने दाता महानुभावहरुले कृषि विकास बैंक लम्की कैलाली शाखामा रहेको बचत खाता नं. ०८–२४९–०१३४९०११–०१–४ मा सहयोग गरिदिन उहाँले आग्रह गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया