म एक थारु हुँ । यही परिवार जनसमुदायबीच हुर्के, बढें । आप्mनै संस्कृति, रहनसहन, रीतिरीवाजमा जीवनको अनगिनत समय ब्यतित गरें । त्यसकारण मेरो शरीरका प्रत्येक रगत कोषीकाहरुमा थारुको सुगन्ध आउँछ । यति सम्मकी मैले हाम्रो राष्ट्रिय भाषा नेपाली बोल्दा जोकोही सजिलै चिन्न सक्छकी म को हुँ ? मलाई गर्व लाग्छ थारु हुनुमा । म थारु हुनुको यो भन्दा ठूलो प्रमाण अरु के होला भन्ने लाग्छ । कमसेकम म जुनसुकै समुदायको भाषा बोले पनि मेरो आप्mनो मातृत्व भाव त झल्किन्छ । यहि नै मेरो सबभन्दा ठूलो पहिचान र गर्वको बिषय हो ।
हाम्रो पेशा कृषिमा आधािरत छ । हामी आफुलाई एक किसान भन्न रुचाउँछौं । आपूmलाई यस धर्तीको धर्तीपुत्र र प्रकृतिपुजारी भन्न रुचाउँछौं । आप्mनो रगत पसिनाले यस धर्तीलाई सिंचेका छौं । अरुलाई दैनिक जीवनयापनका लागि सहज वातावरण प्रदान गर्ने गरेका छौं । थारु जाती प्रकृतिपुजारी भएकै कारणले हामीमाझ चलनचल्तीमा प्रत्येक नयाँ कामको थालनी प्रकृति पुजेरै शुरुवात गर्ने चलन छ । मलाई याद छ म सानो छँदा जंगलमा घाँस दाउरा लिन जाँदा सर्वप्रथम वनशक्ती मातालाई पूजा छमायाचना गरेर रुख विरुवाको सानो हाँगा काटेर अर्पण गरेर मात्र जंगलभित्र जाने चलन आज पनि कायम नै छ ।
हामी जहिले पनि परम्परागत खेतीपाती प्रणालीमा मात्र सीमित रह्यौं । व्यापार व्यवसाय, जागिर, राजनीतितर्फ हामी थारु जाति एकदमै कम मात्रामा आकर्षित भयौं ।
नयाँ बालिनाली भित्र्याउँदा होस् या खोतिपाती लगाउँदा । वा हरियो चिज काट्ने प्रतिबन्ध फुकाउँदा (हरिअरी बर्ना थारु जातिहरुले भाद्र महिनामा एक हप्ताको लागि हरियो चिज टिप्न वा काट्न मनाही गरिने परम्परा) समेत खेत तथा शक्तीपिठहरुमा गएर कराही चढाउने (खेतमा गएर पुरी रोटी र लप्सी पकाएर पुजा गर्ने रीतिरिवाज) परम्परा अझै कायमै छ । हामीले डिह्वार बाबा, समयामाई, ब्रह्मथान, डहरचण्डी इत्यादी देवीदेवताहरुलाई पुज्ने गर्दछौं । यी सम्पूर्ण पूजापाठ प्राकृतिक भएको कारणले गर्दा प्रकृतिप्रतिको सम्मान पनि मान्न सकिन्छ । तर आजभोलि बढ्दो जनघनत्व अरु गैरथारु जातिहरुको थारु जातिप्रतिको प्रभाव र मिश्रीत समाजले गर्दा हाम्रा यस्ता परम्परागत चलनचल्तीका रीतिरिवाजहरु विस्तारै लोप हुने र ओझेलमा परेको अवस्था छ । जसलाई जोगाई राख्न हाम्रो अहम कर्तब्य हुनेछ ।
हामी जहिले पनि परम्परागत खेतीपाती प्रणालीमा मात्र सीमित रह्यौं । व्यापार व्यवसाय, जागिर, राजनीतितर्फ हामी थारु जाति एकदमै कम मात्रामा आकर्षित भयौं । हामीले आप्mनो पेशालाई कहिल्यै पनि व्यवसायिकीकरण र राजनीतिकरण गर्न जानेनौं या चाहेनौं । जस्को प्रत्यक्ष असर हाम्रो दैनिक जीवनमा परिरहेको र भोगिरहेको अवस्था छ । फलस्वरुप हाम्रो अवस्था ज्यूँकात्यूँ छ ।
हामीले आप्mनो परम्परागत रीतिरिवाज, भेषभूषा, चाडपर्व, संस्कृतिमार्फत देशलाई अन्तर्राष्ट्रिय समुदाय माझ प्रतिनिधित्व प्रदान गर्नेगरेका छौं । तर सरकारले अझै पनि विभिन्न बहानामा थारु जातिप्रति गैर जिम्मेवार व्यवहार देखाइरहेको छ । फलस्वरुप हामी राज्यले प्रदान गर्ने धेरै अधिकार क्षेत्रबाट बञ्चित हुन पुगेका छौं । आप्mनो अधिकार के हो भन्ने समेतको भेउ पाएका छैनौं । राज्यसँग हामीले आप्mनो अधिकार माग्न सकिराखेका छैनौं । हामीलाई ऐन अरुलाई चैन भनेजस्तै एउटै किसिमको राजनीतिक मुद्दाप्रति सरकारले गरेको थारु जातिप्रतिको विभेदकारी दमनलाई यस्को ज्वलन्त उदाहरणको रुपमा देख्न सक्छौं । रेशम चौधरीजस्ता व्यक्तिहरु अझैसम्म राजनैतिक मुद्दाको अभियोगमा जेल जीवन विताई राख्नुभएको छ, जुन नितान्त राजनैतिक कुरालाई सरकारले राजनीतिकरण गरेर जातीयकरणको रुप दिएर अन्याय गरिरहेको देखिन्छ ।
उस्तै प्रकृतिका मुद्दामा सत्ताधारी व्यक्तिहरु छाती फुकाएर बाटामा हिडिरहेका छन् । त्यस्तालाई सरकारको कानुनले केही गर्न सकिराखेको छैन । यस्तो हुनुको कारण के हामी थारुहरुमा राजनीतिप्रतिको पहुँच र चेतना न्यून भएकै कारणले हो त ? या सरकारको प्रतिनिधित्व गर्ने नियकायहरुमा हाम्रो बाहुल्यता कम भएर हो त ? यस मानेमा जस्को लाठी उसैको भैंसी भन्ने उखान सार्थक देखिन्छ । बहुमतको सरकार हुनेहरुलाई जे पनि गर्न छुट हुने र हामीले न्यायको ढोका ढकढक्याउँदा पनि न्याय नहुने के यस्तै हो त देशको कानून ? हामीले न्याय पाउन कहाँ जाने हो ? हुन पनि त हो कानून उहाँहरुकै हातमा छ । न्यायसम्बन्धी कानुनको ब्याख्या गर्ने व्यक्ति उहाँहरुकै छन् ।
जबसम्म हामी थारुहरुमा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर आप्mनो जनसमुदायप्रति सेवाभाव प्रकट हुँदैन तबसम्म केही हुनेवाला छैन ।
जबसम्म हामी थारुहरुमा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर आप्mनो जनसमुदायप्रति सेवाभाव प्रकट हुँदैन तबसम्म केही हुनेवाला छैन । यदि हामीले आप्mनो हकअधिकारको सुनिश्चित्ता कायम गर्नु छ भने यस्को एकमात्र विकल्प राजनीतिमार्फत सरकारले प्रतिनिधित्व गर्ने निकायमा बाहुल्यता कायम गर्नुपर्ने देखिन्छ । यो कसरी सम्भव हुन्छ त ? हामीले यी यावत कुराहरुको उत्तर खोज्न जरुरी छ । हामीले यो कुराको पनि हेक्का राख्नु पर्दछ कि नितान्त जातीगत मुद्दाको उठान गरेर हाम्रो सपना साकार हुनेवाला पनि देखिदैन । यस्को लागि गैर थारुहरुसँगको सहकार्यमा अगाडि बढ्नमा नै बुद्धिमानी देखिन्छ । यसप्रति हामीहरु सजग भएनौ भने रेशम चौधरीकोजस्तो विभेदकारी दमन सधैं नेपालको इतिहासमा दोहोरी नै रहनेछ ।
हाम्रो समाजको विडम्बनाको कुरा गर्दा, आधारभुत नागरिक चेतनाविना हामीले आप्mनो जीवनयापन गरिरहेका छौं । राज्यप्रति हाम्रो दायित्व के ? राज्यको दायित्व हामीप्रति के ? आधारभुत नागरिक चेतनाविनाको जीवन कदापी सार्थक हुँदैन । अझैसम्म आप्mनो हक अधिकार के हो भन्ने कुराको पत्तो समेत नपाइराखेको अवस्थामा हामी छांै । यस्तो हुनुको मुलभुत कारण गरिबी, अशिक्षा र राजनीतिप्रतिको अचेतना नै मान्न सकिन्छ । समाज परिवर्तन र देश विकासको आधार नै शिक्षा हो । नागरिक चेतनाविना राष्ट्रप्रेम, सहयोगी भावना, सहिष्णुता, कुशल व्यबहार आदि भाव प्रकट पनि हुँँदैन । जातीगत कुरा गर्दा थारु जाति शिक्षामा एकदमै पिछडीएको वर्गभित्र परेको विभिन्न आँकडाबाट प्रष्ट देख्न सकिन्छ (११ औं राष्ट्रिय जनगणना २०६८ अनुसार) । हामीले माध्यमिक सम्मको शिक्षा पनि हासिल गर्न सकिराखेका छैनौं । जस्लेगर्दा उच्च शिक्षामा थारुजातिहरुको एकदमै न्यून सहभागिता रहेको पाईन्छ । यस्तो हुनुमा राज्यको शैक्षिक प्रणाली दोषी छ वा हामी स्वयम् ? यस्तो हुनुमा राज्य पनि उत्तिकै दोषी छ । धेरथोर यहाँका उपल्ला जाति समुदाय र त्यती नै दोषी हामी स्वयम् नै छौं । माओवादी द्वन्द्व हुनुभन्दा धेरैबर्ष अगाडि राज्यका टाठाबाठा नीति निर्माणकर्ताहरुले जबरजस्ती बुर्जुवा शिक्षाको नाममा अनिवार्य संस्कृत बिषयलाई लाद्ने काम गरे । जस्को प्रत्यक्ष असर हाम्रो शिक्षामा प¥यो । जस्लेगर्दा शिक्षाप्रति वितृष्णा बढाएको देखिन्छ । बरु यस्को साटो नेपालमा बोलिने १३१ भाषाहरुलाई भौगोलिक तथा क्षेत्रगत आधारमा विभाजन गरेर ऐच्छिक बिषयको रुपमा लगु गरे हुन्थ्यो ।
वैदेशिक रोजगारीले गर्दा हामी नेपाली लगायत थारुहरुको दैनिकी अलि भौतिक रुपले सुध्रेकोजस्तो निभ्न लागेको दियोमा तेल थपेकोजस्तो छनक त पाईन्छ । तर वास्तवमा झन खाडलमा भासिदै गईरहेको अवस्था देखिन्छ । सीमित व्यक्तिहरुभन्दा बाहेक त्यस परिवारका अधिकांश बच्चाहरुको स्कुल छोड्ने दर बढ्ने र शिक्षाप्रति अभिभावकहरु गैरजिम्मेवार रहेको पाईन्छ । विदेशबाट प्राप्त रेमिट्यान्सबाट शैक्षिक क्षेत्रमा एमदमै कम मात्रामा लगानी गरेको र केवल भौतिक सुखसुविधा र मोजमस्तीमा सीमित रहेको देख्न सकिन्छ । हाम्रो समुदायका जनमानसहरुमा शिक्षाप्रतिको चेतना एकदमै कम मात्रामा रहेको र सो प्रति कुशल अभिभावकत्वको समेत अभाव रहेको छ । हामी थारु जाति एकदमै ईमान्दार सोझा साझा हो भन्ने जुन किसिमको बिल्ला भिरेका छौं । जुनसुकै जनसमुदायमा पनि सजिलै पच्न सक्ने पहाडी जनसमुदाय होस वा मधेशी जनसमुदाय जोसँग पनि सजिलै घुल्न सक्ने जुन किसिमको पहिचान स्थापित गरेका छौं, साँच्चै नै हामी थारुहरुबीच एकअर्काप्रति यस्तै नै घुल्न सक्ने गुण छ त ? यदि छ भने यतिको घुल्न सक्ने गुण हुँदाहुँदै किन हामी शिक्षामा र राज्यका हरेक निकायहरुमा पछाडि प¥यौं त ? यी सम्पूर्ण कुराहरुको जवाफ हामीले खोज्न जरुरी छ । यदि हामीमा त्यो गुण छ भने आजैदेखि एकजुट भएर आप्mनो हकहित, अधिकार तथा आप्mनो अस्तित्व रक्षाका लागि आवाज उठाउन र लड्न आवश्यक छ ।
शिक्षा र राजनीतिक ज्ञानको अभावको कारणलेगर्दा आफुले जोतभोग गरेको जमिन जायजेथा आप्mनो नाममा दर्ता गराउनु पर्दछ भन्ने समेत भेउ पाएनौं ।
मेरो मनमा सधैं खड्की राख्नेकुरा के हो भने म विहान कलेज जाँदा प्राय सधैं देख्ने गर्दथें । अधिकांश मेरै उमेर समूहका थारु युवावर्ग आप्mनो टिफिनमा खाना च्यापेर ईटागारामा लेबर र मिस्त्रीको काम गर्न जानेको ताँती लागेर गएको धेरै देख्नेगरेको छु । यस्ता अरुपनि धेरै उदाहरणहरु देख्न पाईन्छ । यस्ले के दर्शाउँछ भने हाम्रो समाज कतातिर जाँदै छ ? के यस्को मुख्य कारण गरिबी नै हो त ? किताब, कापी कलम च्यापेर स्कुल, कलेज जानुपर्ने उमेरमा ईटागारामा जानुपर्ने बाध्यता हो या शिक्षाप्रतिको अवचेतना हो ? यस्को निवारणको उपाय के हो ? यी यावत कुराहरुको उत्तर हामीले खोज्न जरुरी छ । हामी थारु समुदायको विद्यामान शैक्षिक अवस्थालाई हेर्दा शिक्षाप्रतिको सकरात्मक धारणा र चेतनाको विकास हुन नसकेको, पढाईभन्दा कामलाई प्राथमिकता दिएको, घरमा शैक्षिक वातावरण नभएको, बालबालिकामाथि अभिभावकहरुले निगरानी नराखेको, मोजमस्तीमा रमाइरहेको कमिकमजोरी देख्न सकिन्छ । यस्को निकारण गर्नु आजको आवश्यकता हो ।
यस्तो अवस्थाबाट माथि उकास्न हाम्रो समुदाय र सरकारले यस्ता सीप तथा दक्षतायुक्त युवाको लागि प्राविधिक शिक्षातर्फ बढी जोड दिन आवश्यक देखिन्छ । सरकारले हालसालै ल्याएको नयाँ शैक्षिक योजना पढ्दै, कमाउँदै कार्यक्रम संचालन कार्यविधि २०७८ चाँडै नै व्यवहारमा ल्याओस् र हामी आशावादी पनि छौं यस्ले अधिकांश गरिब युवा वर्गको पढ्ने रहर पुरा गर्न सक्षमहोस । नत्र भने काग लाई बेल पाक्यो हर्ष न विषमात् उखान सत्ययुक्ती नहोला भन्न सकिन्न ।
अर्को कुरा हामीहरु पहिलेका जमिन्दार, बरघर, मुखियाहरु अहिले कुन अवस्थामा छौं त ? यहि शिक्षा र राजनीतिक ज्ञानको अभावको कारणलेगर्दा आफुले जोतभोग गरेको जमिन जायजेथा आप्mनो नाममा दर्ता गराउनु पर्दछ भन्ने समेत भेउ पाएनौं । फलस्वरुप हाम्रा बिघौं बिघा जमिन बर्षौ बर्ष हकभोग जोतभोगमा रहेका घर, जमिनहरु अरु समुदायका टाठाबाठाहरुले आप्mनो नाममा नामसारी गरेको पत्तो समेत पाउन सकेनौं । विस्तारै हामी पाखा लाग्दै जमिन्दारबाट कमैया र कमैयाबाट भूमिहिन बन्न बाध्य हुँदै आयौं । त्यसकारण आप्mनो हक अधिकार मागेर नपाए खोसेर भएपनि लिन जान्नु पर्दछ ।
थारु जातिहरुमा शिक्षाप्रतिको चेत र राजनीतिप्रतिको सोच नभएकै कारण जहिले पनि पछि परेको अवस्था छ ।
समय समयमा मलाई नपचेको कुरा हाम्रो कुनै अस्तित्व नै नभएकोजस्तो हामीले आपूmलाई सूचीकृत आदिवासी जनजाती अन्तर्गत आप्mनो हक अधिकारको अस्तित्व खोजेको देख्दा अचम्म पनि लाग्ने गरेको छ । के हामी आफुलाई आदीवासी जनजाति भनेरै परिचित गराउँदा गौरवान्वित महसुस गर्दछौं त ? जबकि आदीवासी जनजातिको परिभाषा पनि देश, सम्प्रदाय, विद्वानहरुको विचारमा यस्को अर्थ फरक फरक रुपमा परिभाषित गरेको पाईन्छ । (आदीवासी जनजातिबारे थप अध्ययन गर्नको लागि—नेपालका जनजातिहरु पुस्तक पढ्नुहोला) मेरो आप्mनो तर्क भन्नुपर्दा मलाई यी सूचीमा नराखी थारु भनेरै परिभाषित गर्नुमा म आपूmलाई गौरवान्वित महशुस गर्ने गर्दछु । नेपाल सरकारले थारु जातिलाई आदीवासी जनजातिको नाममा सूचीकृत जाति अन्तर्गत ३७ प्रतिशतबीच खाँदेर सीमित प्रतिशतको आधारमा समानुपातिकको लोभ देखाएर उत्थानको नाममा लोभको भूमरीमा डुब्न बाध्य बनाएको महशुस गर्दछु । समानुपातिक समावेशी सिद्धान्तको आधारमा राज्यको निकायमा सहभागिता गराउन सरकार समक्ष थारु कोटा सुनिश्चित गर्न पनि म हार्दिक अपिल गदछुँ ।
अन्तमा भन्नुपर्दा हामी थारु जातिहरुमा शिक्षाप्रतिको चेत र राजनीतिप्रतिको सोच नभएकै कारण जहिले पनि पछि परेको अवस्था छ । फलस्वरुप हामीलाई सधैं नै भोट बैंकको रुपमा मात्र प्रयोग गर्ने गरिएको छ । चुनावकै समयमा आँखामा छारो हाली रक्सीसँग बाटो पिच गरेको नाममा अलकत्रासँग भोट साटेको राजनीति हामीले चाँडै नै बुभ्mन जरुरी छ । आप्mनो हकहितको लागि सधंै नै चनाखो रहनुपर्छ ।
(लेखक चौधरी नेपाल खुला विश्वविद्यायसँग आबद्ध हुनुहन्छ ।)