लुम्बिनी फोनिजको दोस्रो महाधिवेशन : अध्यक्षमा गजेन्द्र गुरुङ


हमार पहुरा डट कम
सैनामैना (रुपन्देही), फागुन १८ गते । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) लुम्बिनीको अध्यक्षमा गजेन्द्र गुरुङ चयन हुनुभएको छ । उहाँको नेतृत्वमा नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ ।

प्रदेश समितिको उपाध्यक्षमा प्रकाश थापा (गुल्मी), उपाध्यक्ष (महिला) मा तारा पुन (नवलपरासी), महासचिवमा प्रतिज्ञा बुढामगर (रोल्पा), सचिव (संगठनतर्फ) शम्भु चौधरी (वर्दिया), सचिव (संस्थागत) प्रज्ज्वल श्रेष्ठ (बाँके) र कोषाध्यक्षमा सञ्जय गुरुङ (रुपन्देही) चयन हुनुभएको छ ।

त्यसैगरी सदस्यहरुमा मिना राना (कपिलवस्तु, शिव घर्ती (दाङ), समिरमान श्रेष्ठ (बाँके), रविन्द्र्रमान शेरचन (बाँके), हुमा सूर्यवंशी (पाल्पा), मिना राना रहनुभएको छ । बाँकी सदस्यहरुलाई नयाँ कार्य समितिको पहिलो बैठकबाट मनोनित गर्ने निवर्तमान प्रदेश अध्यक्ष मिलन गाहाले जानकारी दिनुभयो ।

बुधबार भएको प्रदेश महाधिवेशनको उदघाटन प्रदेश प्रमुख अमिक शेरचनले गर्नुभयो । कार्यक्रममा उहाँले आदिबासी जनजाति पत्रकारले आदिबासीको अधिकार तथा सामाजिक सचेतनाका लागि कलम चलाउनपर्ने बताउनुभयो । देशमा भ्रष्टाचार व्याप्त रहेकाले पत्रकारले त्यसको न्यूनिकरणकामा कलम चलाउनु पर्ने उहाँलले बताउनुभयो ।

फोनिजका केन्द्रीय अध्यक्ष डण्ड गुरुङले नेपाली मिडियालाई अधिकतमभन्दा अधिक्तम समावेशी बनाउनेतर्फ फोनिजले पैरवि गरिरहेको बताउनुभयो । आदिबासी पत्रकारको एकताले सामाजिक रुपान्तरणमा भूमिका खेलिरहेको उहाँले बताउनुभयो ।

प्रदेश अध्यक्ष मिलन गाहाको अध्यक्षतामा भएको कार्यक्रममा फोनिज संघीय वरिष्ठ उपाध्यक्ष गजुरधन राई, उपाध्यक्ष लक्की चौधरी, महासचिव मनोज घर्तीमगर, पत्रकार अमृत गिरी, मानसिंह विक लगायतले शुभकामना मन्तव्य राख्नुभयो । सैनामैना थारु होमस्टेमा आयोजित कार्यक्रममा थारु भेषभुषा झल्काउने नृत्य, थारु परिकारको प्रवद्र्धनमा पत्रकारले भूमिका खेल्नुपर्ने होमस्टे सञ्चालन समितिका अध्यक्ष खुशीराम चौधरीले आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया