फोनिज सुदूरपश्चिम प्रदेश महाधिवेशनबाट अध्यक्षमा लखन चौधरी निर्वाचित


हमार पहुरा डट कम
धनगढी, फागुन २० गते । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) सुदूरपश्चिम प्रदेश अध्यक्षमा लखन चौधरी सर्वसम्मत निर्वाचित हुनुभएको छ । त्यस्तै, पदाधिकारी तथा सदस्यसहित समिति सर्वसम्मत चयन भएको हो ।

समितिको उपाध्यक्ष (खुला) मा जुद्ध चौधरी, महासचिवमा कालीमैयाँ चौधरी (उन्नति), सचिव (संगठन) भानुप्रताप राना र सचिव (संस्थागत) बलराम चौधरी, कोषाध्यक्षमा दुर्जन चौधरी चयन हुनुभयो । त्यस्तै, सदस्यमा रजनी राना, नन्दलाल राना, नरेन्द्र चौधरी, टी.आर. कठरिया चयन हुनुभयो । बाँकी उपाध्यक्ष (महिला) र सदस्यलाई पहिलो बैठकबाट मनोनित गर्ने अध्यक्ष चौधरीले बताउनुभयो ।

सोहीअनुसार केन्द्रीय प्रतिनिधिमा भीम चौधरी, इन्द्र चौधरी र चन्द्रिका चौधरी चयन हुनुभयो । प्रदेश अध्यक्ष भीम चौधरीको अध्यक्षतामा भएको उदघाटनसत्रमा फोनिज केन्द्रीय उपाध्यक्ष लक्की चौधरीले फोनिज स्थापनाको उद्देश्य र पहलबारेमा धारणा राख्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष योगेन्द्र बलायर, फोनिज सुदूरपश्चिम इन्चार्ज रामचन्द्र कुश्मी, पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशी, प्रेस सेन्टरका केन्द्रीय सदस्य मुकेश टेर्रा, थारु पत्रकार संघ नेपालका केन्द्रीय उपाध्यक्ष उन्नति चौधरी, थारु पत्रकार संघ नेपालका कैलाली अध्यक्ष प्रेम दहित, फोनिज कैलालीका पूर्व अध्यक्ष अविनाश दहित, लखन चौधरी, पत्रकार किशोर तामाङ लगायतले धारणा राख्नुभयो ।

तपाईको प्रतिक्रिया