स्वास्थ्यमन्त्री चौधरीसँग एकलाख ४० हजार


Ramjanam

काठमाडौं, पुस २७ गते । स्वास्थ्य मन्त्री रामजनम चौधरीले आफूसँग एकलाख ४० हजार नगद रुपियासहितको सम्पत्ति विवरण पेश गर्नुभएको छ ।

मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको सम्पत्ति विवरणमा मन्त्री चौधरीको कैलाली जिल्लाको जोशीपुर गाविस–४ मा पुख्र्यौली घर रहेको उल्लेख छ।

यस्तै, उहाँको नाममा जोशीपुर ४ मा पुख्र्यौली खेत छ भने काठमाडौँको धर्मस्थलीमा चार आना जग्गा पनि छ। सम्पत्ति विवरणमा १० तोला सुन र २० तोला चाँदी रहेको उल्लेख छ। यस्तै, मन्त्री चौधरीको एभरेस्ट बैंकलगायतका बैंकहरुमा करिब एक लाख ४० हजार रूपैयाँ नगद मौज्दात छ। उहाँले विभिन्न बैंकबाट रु १५ लाख ऋण रहेको देखाउनुभएको छ ।

छोरा मुकेश चौधरीको नाममा टाटा सुमो गोल्ड गाडी र एउटा मोटरसाइकल रहेको पनि उहाँले आफ्नो सम्पत्ति विवरणमा उल्लेख गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया