थारु पत्रकार संघ नेपालको पाँचौ महाधिवेशन सम्पन्न, अध्यक्षमा लेखी निर्वाचित


हमार पहुरा डट कम
अमलटारी (नवलपुर), चैत २६ गते । थारु पत्रकार संघ, नेपालको केन्द्रीय अध्यक्षमा प्रदीप लेखी (सप्तरी) सर्वसम्मत निर्वाचित हुनुभएको छ । नवलपुरको अमलटारीस्थित सामुदायिक होमस्टेमा आयोजित पाँचौ राष्ट्रिय महाधिवेशनले लेखीको नेतृत्वमा २५ सदसयीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ ।

संघको वरिष्ठ उपाध्यक्षमा सन्तकुमार चौधरी (चितवन), उपाध्यक्ष बागमति किशोर चौधरी (काठमाडौं), काठमाडौं उपत्यका उपाध्यक्षमा सहदेव चौधरी (काठमाडौं), प्रदेश १ को उपाध्यक्षमा कुलबीर चौधरी (सुनसरी), मधेस प्रदेश उपाध्यक्षमा प्रतिमा चौधरी (बारा), चयन हुनुभएको छ । गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको उपाध्यक्षमा कसैको उम्मेदवारी नपरेपछि मनोनित गर्ने निर्णय संघले गरेको छ ।

सोहीअनुसार संघको महासचिवमा लक्ष्मी चौधरी (काठमाडौं), उपमहासचिवमा विजय चौधरी (चितवन), सचिव महिलामा दिप्तीशिखा चौधरी (दाङ), सचिवमा लिलानाथ गच्छदार (मोरङ), कोषाध्यक्षमा कारी महतो (चितवन) निर्वाचित हुनुभयो ।

त्यस्तै, सदस्यहरुमा सबी चौधरी (दाङ), धिरेन्द्र पुनहर चौधरी (वारा), मनोज चौधरी (चितवन), दिनेशकुमार चौधरी (उदयपुर), राज चौधरी (रुपन्देही), जनक चौधरी (वर्दिया), नविन चौधरी (बारा), सुमित्रा चौधरी (चितवन) चयन हुनुभयो । सुदूरपश्चिमबाट उपाध्यक्ष र सदस्यहरुमा कसैको उम्मेदवारी नपरेकाले संघको केन्द्रीय कमिटी बैठकबाट मनोनित गर्ने नवनिर्वाचित अध्यक्ष प्रदीप लेखीले बताउनुभयो ।

यसअघि संघको कार्यकाल २ वर्ष रहने विधानमा व्यवस्था रहेको थियो । महाधिवेशनको बन्दसत्रबाट तीन वर्षे कार्यकाल बनाउने निर्णय गरेको छ । कुल २५ सदस्यीय कार्य समिति रहेको संघमा पश्चिम कञ्चनपुरदेखि पूर्वको मोरङसम्मका सहभागिता गराउने प्रयास गरिएको छ । केही जिल्लाबाट उम्मेदवारी नपरेपछि बाँकी दुई जना सदस्य मनोनित गर्ने अध्यक्ष लेखीले जानकारी दिनुभयो ।

थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले शुक्रबार उदघाटन गर्नुभएको संघको पाँचौ महधिवेशन शनिबार सम्पन्न भएको छ । नव निर्वाचित अध्यक्ष लेखीले आफ्नो कार्यकालमा संघको साखलाई माथि उठाउन हर प्रयास गर्ने प्रतिवद्धता जनाउनुभयो । महाधिवेशनको उदघाटनसत्रमा विभिन्न पुरस्कारबाट थारु पत्रकार सम्मानित भएका थिए ।

तपाईको प्रतिक्रिया