वडा अध्यक्ष जितेर टीकापुरमा नागरिक उन्मुक्ति पार्टीले खोल्यो खाता


हमार पहुरा डट कम
धनगढी, जेठ १ गते । रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ चौधरीको अध्यक्षतामा नवगठीत नागरिक उन्मुक्ति पार्टीले कैलालीको टीकापुरमा खाता खोलेको छ । वडा नम्बर ५ मा सो पार्टीबाट प्यानलसहित बलवीर चौधरी वडा अध्यक्षमा विजयी हुनुभएको छ । उहाँले ८२० मत प्राप्त गरेर वडा अध्यक्षमा जित हासिल गर्नुभएको हो ।

यसैगरी, गोदावरी नगरपालिका –१२ को वडा अध्यक्षमा गठबन्धनबाट उम्मेदवार नेपाली काङ्ग्रेसका भीम खड्का विजयी हुनुभएको छ । ८७९ मत प्राप्त गरेर उहाँ प्यानलसहित विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका नन्दबहादुर पुनले ६७५ मत प्राप्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया