माघीलाई थारुले आन्दोलनकै रुपमा मनाउने


Tharu

काठमाडौ, पुष २८ गते । राजधानीमा रहेका थारु समूदायले यसवर्षको माघी पर्व आन्दोलनको रुपमै मनाउने भएका छन ।

थारु राष्ट्रिय माघी महोत्वस मुल आयोजक समितिले मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर थारु समूदाय आफ्नो हक अधिकारकोलागि संघर्षरत रहेकोले यस वर्षको माघी पर्वलाई आन्दोलनकै रुपम मनाउन लागेको जानकारी दिईयो ।

पत्रकार सम्मेलन समितिका संयोजक चन्द्रप्रसाद चौधरीले थारु समूदाय अधिकारको आन्दोलनमा रहेकोले यस वर्षको माघीमा सरकारलाई बहिस्कार गरेर आन्दोलनकै रुपमा पर्व मनाउन लागेको जानकारी दिनुभयो ।

आफूहरुको कार्यक्रम यसअघि जस्तो सरकारका कोही पनि मन्त्री र प्रतिनिधिलाई नबोलाइएको जानकारी दिदै सरकार बाहिर रहेका डा. बाबुराम भट्टराईको प्रमुख आतिथ्यमा कार्यक्रम गरिने चौधरीले बताउनुभयो ।

राजधानीको खुल्लामञ्चमा हुने कार्यक्रममा थारु सास्कृति झाँकी र्याली प्रर्दशन, थारु सास्कृतिक प्रर्दशनी, थारु खानपिन प्रर्दशनी, हस्तकला, पुस्तक प्रर्दशनी, सम्मान कार्यक्रम समावेश गरिने आयोजकले बताएको छ ।

Baburam

तपाईको प्रतिक्रिया