हमार पहुरा डट कम
काठमाडौं, जेठ २७ गते । थारु कल्याणकारिणी सभा (थाकस) द्वारा दायर रिटमाथि आज शुक्रबार सर्वोच्च अदालतमा छलफल तथा बहसका लागि ेपेशी तोकिएको छ । थाकसका महामन्त्री प्रेमीलाल चौधरीकाअनुसार सुनुवाईका लागि विहान १० बजेका लागि पेशी तोकिएको हो ।
थाकसले नेपाल सरकारका विभिन्न निकायलाई विपक्षी बनाएर सर्वोच्चमा अन्तरिम आदेशको माग गर्दै रिट निवेदन दर्ता गरेको थियो । सो रिटमाथि सुनुवाईका लागि दुवै पक्षलाई अदालतमा छलफलका लागि बोलाइएको महामन्त्री चौधरीले बताउनुभयो ।
थारु अगुवा कुछतनारायण चौधरीकाअनुसार थाकसले त्रिभुवन विश्वविद्यालय, लोकसेवा आयोग, नागरिक उड्डयन प्राधिकरण, नेपाल बैंक लिमिटेडसहित विरुद्ध सर्वोच्चमा रिट दायर गरेको छ । यी संस्थाबाट प्रकाशित विभिन्न विज्ञापन संवैधानिक व्यवस्थाअनुरुप समावेशी हुन नसकेको र विज्ञापनमा थारु क्लष्टरअनुसार आरक्षणको व्यवस्था नगरेको भन्दै थाकसले सर्वोच्चमा रिट दायर गरेको हो ।
थाकसद्वारा दर्ता रिटको पक्षमा अधिवक्ताहरु अम्बरबहादुर राउत, रविन्द्र तामाङ, सुन्दरलाल चौधरी, कपिलदेव ढकाल, सुनिलकुमार पटेल, सीता भट्ट, श्रवणकुमार चौधरी, शिवकुमार यादव लगायतले वहस गर्दैआउनुभएको छ ।