हमार पहुरा डट कम
काठमाडौं, असार १५ गते । शम्भुनाथ नगरपालिका ४, सीरकजडी, सप्तरीका नन्दीलाल चौधरी बालुवाटारबाट बेपत्ता हुनुभएको छ । उहाँका छोरा दीपक चौधरीकाअनुसार मंगलबार दिउँसो १२ः३० बजे घरबाट घुम्न निस्कनुभएका वर्ष ७५ का चौधरी हिजोदेखि बेपत्ता हुनुभएको हो ।
पन्ध्र दिनअघिमात्र जिल्लाबाट काठमाडौं आउनुभएका चौधरी प्यारालाइसिस समस्याका कारण स्पष्ट बोल्न सक्नु हुन्न । उहाँका छोरा चौधरीकाअनुसार बुवाको खोजीका लागि चावहिल प्रहरीमा निवेदन दिएपछि प्रहरीले पनि खोजीकार्य गरिरहेको छ । हिजो साँझदेखि परिवारका सदस्यहरु उहाँको खोजीमा रहनु भएपनि चौधरी फेला पर्नुभएको छैन ।
काठमाडौंमा बस्ने सबै आफन्तकहाँ गएर खोजी गर्दा पनि बुवाको अवस्था कहीं पत्ता नलागेपछि थप शंका भएको छोरा दीपक चौधरीले बताउनुभयो । चावहिल गोपीकृष्ण नजिक बस्नुहुने चौधरीलाई उहाँका गाउँले देवानन्द चौधरीले दिउँसो बालुवाटार नजिक भेटेर परिवारका सदस्यलाई खवर गर्नुभएको थियो । तर उहाँ आफै कोठा जानसक्छु भन्दै हिँडनु भएपनि अहिलेसम्म घर नपुग्नुभएको छोरा चौधरीले बताउनुभयो ।
उहाँका छोरा दीपक चौधरीले बुवालाई भेट्नुहुनेले नजिकको प्रहरी कार्यालय वा सम्पर्क नम्बर ९८४११९४३२८ मा खवर गरी सहयोग गरिदिन आग्रह गर्नुभएको छ ।