मिस्टर एण्ड मिस थारुको पहिलो चरण अडिसन सम्पन्न, दोस्रोको तयारी


हमार पहुरा डट कम
सुनसरी, साउन २३ गते । जह इन्टरटेनमेन्ट प्रालिको आयोजनामा पहिलो चरणको अडिसन मिस्टर एण्ड मिस थारु २०२२ को चौथो संस्कारणको अडिसन देश भर एक साथ सम्पन्न भएको छ । शनिवार रामधुनीको झुम्कामा, नेपालगञ्ज, बिरगञ्ज, चिवनमा एकसाथ अडिसन सम्पन्न भएको आयोजकले जनाएको छ ।

सुनसरी अडिसनका लागि निर्णायकमा संगीतकार सुनिल चौधरी, अधिकारकर्मी सिता थरुनी, लक्षमी चौधरी र राजिभ चौधरी हुनुहुन्थ्यो । झुम्कमा १२ जना सहभागीमध्ये ३ जना छनौट भएका छन् । नेपालगन्जमा ८ जना सहभागीमध्ये ६ जना छनौट भए भने चितवनमा १२ जनामध्ये ३ जना छनौट भएको मिस्टर एण्ड मिस थारु २०२२ का संयोजक तथा २०१८ का बिजेता आकृति चौधरीले बताउनुभयो ।

नेपालभरीबाट २० पुरुष र २० महिला महिला गरी ४० जनालाई प्रतियोगितामा सहभागी गराउने संयोजक चौधरीले जानकारी दिनुभयो । मिस्टर एण्ड मिस थारु स्वच्छ रुपमा कला, संस्कृति, सौन्दर्य, प्रतिभालाई उठान गर्ने आयोजकको भनाइ छ । प्रतियोगितालाई बिजनेसको रुपमा नलिई सामाजिक उत्थानको रुपमा आयोजना गर्दैआएको सिजन २ का विजेता आकृति चौधरीले बताउनुभयो ।

झुम्काको अडिसनमा अतिथिमा सहभागी रामधुनी ९ का वडाअध्यक्ष घनश्याम चौधरीले जह इन्टरटेनमेन्ट प्रालिद्धारा आयोजित मिस्टर एण्ड मिस थारु प्रतियोगिता समय सान्दर्भिक रहेको बताउनुभयो । प्रतियोगितामा सहभागी युवा युवतीहरु समुदाय र राष्ट्रियलाई पहिचानलाई उत्प्रेरित गर्नुपर्ने भनाइ राख्नुभयो ।

प्रतियोगितामा पूर्वदेखि पश्चिमका थारु युवा युवतीको सहभागीता रहेको आयोजकले जनाएको छ । प्रतियोगिताले थारु संस्कार संस्कृतिको विकास र थारु युवा युवतिलाई प्रतिस्पर्धी बनाउने विश्वास अधिकारकर्मी सिता थरुनीले गर्नुभयो ।

प्रतियोगिताका प्रथम बिजेताले ५० हजार नगद, दोस्रो हुनेलाई ३० हजार र तेस्रो हुनेलाई २० हजार रुपियाँ नगद र अन्य उपहार प्रदान गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता सन् २०१७ देखि सुरु गरिएको हो ।

पहिलो संस्करणको मिस्टर थारु चन्दन चौधरी र मिस थारु जेनिशा चौधरी हुनुभएको थियो । सन् २०१८ को मिस्टर थारु रविन चौधरी र मिस थारु आकृति चौधरी हुनुभयो । त्यस्तै, २०२१ मा भएको तेसो संस्करणको मिस्टर थारु प्रशान्त हुजदार र मिस थारु लिमा थारुले उपाधि जित्नुभयो ।

यसैगरी साउन २४ गते बिराटनगर, लाहान, कैलालीको टीकापुरमा अडिसन हुनेछ । साउन २८ गते बुटवल, दाङ र काठमाडौंमा हुनेछ । प्रतियोगीहरु छनौट भएर काठमाडौंमा हुने फिनालेका लागि सहभागी हुनेछन् । प्रतियोगिताको फिनाले भदौ २५ गते हुने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया