अगुवाहरूद्वारा शान्ति संस्थागत गर्न आह्वान


हमार पहुरा डट कम
काठमाडौं, असोज ३ गते । एचडब्लूपीएल विश्व शान्ति शिखर सम्मेलनको ८ औं वार्षिकोत्सव भव्यरुपमा सम्पन्न भएको छ । संस्थाको रूपमा शान्तिः दिगो विकासका लागि आधार’ नाराकासाथ भर्चुवल माध्यमबाट वार्षिकोत्सव मनाइएको हो ।

संयुक्त राज्य अमेरिका, जर्मनी, दक्षिण अफ्रिका, अष्ट्रेलिया, फिलिपिन्स, दक्षिण कोरिया सहित विश्वका १४६ देशको पाँच हजार बढी प्रतिनिधिहरुको सहभागिता थियो । विश्व समुदायले कोभिड–१९ महामारीलाई जित्न बाँकी नै रहेको र रुस–युक्रेन द्वन्द्वका कारण उत्पन्न भएको अर्को खतराको सामना गर्नुपरेको प्रतिनिधिहरुले बताएका छन् । शान्तिलाई संस्थागत गरेर दिगो विकासको ग्यारेन्टी गर्न आवश्यक रहेको सहभागीहरुको सुझाव थियो ।

सन् २०१४ को सेप्टेम्बर १८ मा पहिलो पटक शान्ति शिखर सम्मेलन भएको बेलादेखि, हेभेन्ली कल्चर वल्ड पिस रिस्टोरेशन अफ लाइट (एचडब्लुपीएल), संयुक्त राष्ट्रसंघ इकोसोक अन्तर्गतको अन्तर्राष्ट्रिय शान्ति एनजीओले सामूहिक रूपमा राज्य प्रमुख, मन्त्रीहरू, कानून निर्माताहरू, धार्मिक अगुवाहरू, शिक्षाविद्, युवा र महिला अगुवाहरू, र पत्रकारसहितको सहभागिता थियो । सो अवसरमा विश्वव्यापी स्तरमा शान्ति निर्माणको लागि ऐक्यबद्धताको आह्वान गर्नुभयो ।

विश्व स्तरमा शान्ति निर्माणको कारणको सन्दर्भमा, एचडब्लुपीएलका अध्यक्ष म्यान ही लीले विश्व समाज अप्रत्याशित कोभिड–१९ बाट पीडित भएको चर्चा गर्नुभयो । समस्याहरुका बीचमा मानिसहरु एक्लै नभएको बताउनुहुँदै अध्यक्ष लीले हामी प्रत्येकले हाम्रो संसारलाई बस्नयोग्य ठाउँ बनाउनु पर्ने बताउनुभयो । हामीले राम्रो गरे मात्र हाम्रा सन्तानले राम्रो संसार हस्तान्तरण गर्न सक्छौं उहाँले भन्नुभयो ।

सुरिनामको राष्ट्रिय सभाका अध्यक्ष मारिनस बीले शान्ति निर्माण गर्न र द्वन्द्व रोक्न संसदहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । एचडब्लुपीएल सँगको सहकार्यमा राष्ट्रिय सभाले शान्तिको चेतना जगाउन र शान्ति शिक्षासम्बन्धी नीति र कार्यक्रमलाई प्रोत्साहित गर्न त्यसैअनुरुप गतिविधिहरू मार्फत शान्तिको संस्कृति फैलाउन आवश्यक रहेको बताउनुभयो ।

फिलिपिन्सको श्री राधा माधव मन्दिरका अध्यक्ष महेन्द्र दासले शान्तिमा योगदान पु¥याउन धर्मको भूमिकाको सन्दर्भमा अन्तरधार्मिक संवादको लागि संस्थागत दृष्टिकोण प्रस्तुत गर्नुभयो । धार्मिक भ्रममा आधारित द्वन्द्व रोक्न अन्तर्राष्ट्रिय आदानप्रदान र कार्यक्रमलाई नियमित गर्दै शान्तिको आधारशिलाको सुरुवात हुनसक्ने सुझाव दिनुभयो ।

आईपीवाईजीका महानिर्देशक चुङ यंग–मिनले शान्तिका लागि अन्तर्राष्ट्रिय कार्यको मुख्य खेलाडीको रूपमा युवाहरूको भूमिकामा जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया