कारले ठक्कर दिएपछि स्कुटर सवार झरना चौधरीको मृत्यु


हमार पहुरा डट कम
बुटवल, असोज २० गते । स्कुटर चढेर मामाघर टीका थाप्न हिड्नुभएकी २१ वर्षिया झरना चौधरीलाई रुपन्देहीमा कारले ठक्कर दिएपछि उहाँको मृत्यु भएको छ । बुटवल प्रहरीका अनुसार बुधबार साँझ रुपन्देहीको धकधइमा भएको दुर्घटनामा परी चौधरीको ज्यान गएको हो ।

लु ४१ प ९८७ नम्बरको स्कुटीमा सवार चौधरीलाई लु १ ज २८५३ नम्बरको कारले पछाडिबाट ठक्कर दिँदा घाइते हुनुभएको थियो । कारको ठक्करबाट गम्भीर घाइते उहाँलाई उपचारका लागि भीम अस्पताल लगिए पनि अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी श्याम अर्यालले बताउनुभयो ।

कारको ठक्करबाट गम्भीर घाइते उहाँलाई उपचारका लागि भीम अस्पताल लगिए पनि अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी श्याम अर्यालले बताउनुभयो ।

चौधरी एमाले लुम्बिनी सांस्कृतिक नगरपालिका वडा ६ की वडा सचिव हुनुहुन्थ्यो । त्यस्तै, अनेरास्ववियु जिल्ला कमिटी सहसचिवको जिम्मेवारीमा पनि हुनुहुन्थ्यो ।

तिलोत्तमा – ३ सिर्जनानगर स्थायी घर भएकी चौधरी लुम्बिनी बौद्ध विश्वविद्यालयमा स्नातक तहमा अध्ययनरत हुनुहुन्थ्यो । बुधबार घरमा दशैंको टीका लगाएर नवलपरासीस्थित मामाघर जाँदै गर्दा उहाँको स्कुटीलाई कारले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया