दाङमा थारु युवा स्वयमसेवक दस्ताको बृहत् शक्ति प्रदर्शन


2

काठमाडौं, पुस २९ गते । थारु युवा स्वयंसेवक दस्ताले बुधबार दाङ उपत्यकामा थारु युवा शक्ति प्रदर्शन गरेको छ। पूर्वनिर्धारित कार्यक्रमअनुसार दाङको त्रिपुरा नगरपालिकामा थारु युवा युवतिहरु रातो फेटासहित शक्ति प्रदर्शन गरेका हुन्।

उनीहरु त्रिपुरा नगरपालिकामा मार्चपास गरेको थारु युवा स्वयम्सेवकका केन्द्रीय संयोजक महाविर चौधरीले जानकारी दिनुभयो । थारु आन्दोलनलाई प्रभावकारी बनाउन युवा शक्ति प्रदर्शन गर्नुपरेको थारु चौधरीले भन्नुभयो ।

1

उहाँको अनुसार पाँच जिल्लामा मार्च पास गर्ने तयारी गरेपनि प्राविधिक कारणबस अन्य जिल्लाको कार्यक्रम पछिका लागि तय गरिएको छ । ‘थारु आन्दोलनलाई थप ऊर्जा प्रदान गर्न र युवाहरुको सक्रियता बढाउन थारु युवाहरुको स्वयंसेवक दस्ता बनोउनु परेको संयोजक चौधरीको भनाई छ ।

हाम्रो थारुको आन्दोलन अझै जारी छ। माग पूरा नभएसम्म आन्दोलन जारी राख्छौं चौधरीले भन्नुभयो । संयोजक चौधरीले सरकारले थारुका माग पूरा नगर्दासम्म थारुको आन्दोलन नरोकिने बताउनुभयो ।

5

तपाईको प्रतिक्रिया