बिजुलीको पोलमा मोटरसाइकल ठोक्किएर दुई जना रानाको मृत्यु


हमार पहुरा डट कम
धनगढी, असोज २० गते । विद्युत पोलमा मोटरसाइकल ठोक्किएर गए राति कञ्चनपुरमा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार से ७ प ४७६५ नम्बरको मोटरसाइकल पुनर्वास नगरपालिका –७ अमरबस्तीस्थित विद्युत पोलमा ठोक्किएको थियो ।

दुर्घटनामा परी धनगढी उपमहानगरपालिका –३ चटकपुरका २३ वर्षीय मोटरसाइकल चालक गुड्डु राना र पछाडि सवार पुनर्वास नगरपालिका –१० का २२ वर्षीय विशाल रानाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटना राति करिब साढे १० बजेतिर भएको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रमुख प्रहरी निरीक्षक नरेशराज मल्लले जानकारी दिनुभयो ।

मोटरसाइकल ठोक्किएर विद्युत पोलसमेत भाँचिएको प्रहरीले जनाएको छ । दुवै जना पुनर्वासबाट त्रिनगर भन्सार नजिक रहेको डोकेबजार आउने क्रममा दुर्घटना भएको बुझिएको मल्लले बताउनुभयो ।

तपाईको प्रतिक्रिया