
हमार पहुरा डट कम
धनगढी, कात्तिक ४ गते । मधेसी आयोगले तराईको सबैभन्दा ठूलो समुदाय थारुलाई मधेसीमा सूचीकरण गरेकोप्रति कैलालीका थारु अगुवाले आपत्ति जनाएका छन् । थारु कल्याणकारिणी सभा (थाकस) कैलाली, थरुहट थारुवान राष्ट्रिय मोर्चा कैलाली, थारु विद्यार्थी समाज, कैलाली र थारु नागरिक समाज कैलालीले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै सो आपत्ति जनाएका हुन् ।
थाकस कैलालीका सभापति माधव चौधरीले भूमिपुत्र थारु समुदायको पहिचान मेट्नेगरी सुनियोजित रुपले मधेसी आयोगले राष्ट्रपतिसमक्ष बुझाएको वार्षिक प्रतिवेदनप्रति आफूहरुको गम्भीर आपत्ति रहेको बताउनुभयो । सो प्रतिवेदन सच्याउन ती संस्थाले मधेसी आयोगलाई सुझाव दिएका छन् ।
हेर्नुहोस् विज्ञप्ति





