मधेसी आयोगलाई निर्णय सच्याउन थाकसका अध्यक्ष चौधरीको आग्रह


हमार पहुरा डट कम
काठमाडौं, कात्तिक ५ गते । मधेसी आयोगले गैर संवैधानिक र गैर जिम्मेवार काम गरेको भन्दै थारु कल्याणकारिणी सभा (थाकस) ले मधेसी आयोगलाई निर्णय सच्याउन आग्रह गरेको छ ।

थासका अध्यक्ष धनीराम चौधरीले शनिबार विज्ञप्ति जारी गर्नुहुँदै सो आग्रह गर्नुभएको हो । देशको संविधानसहित विभिन्न कानुन तथा ऐन नियमले थारुको पहिचान दिइसकेका बेला थारु समुदायलाई मधेसीमा सूचीकरण गर्ने प्रयास गर्नु संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन वयवस्था विपरित काम भएको थाकसले ठहर गरेको जनाएको छ ।

आयोगको निर्णयले थारु समुदायको भाषा, संस्कृति, भूगोल तथा अधिकारमाथि धावा बोल्ने दुस्कार्य भएको थाकसले जनाएको छ । मधेसी आयोगले निर्णय नसच्याए चरणबद्ध आन्दोलन गर्ने चेतावनी पनि थाकसले दिएको छ ।

हेर्नुहोस् विज्ञप्तिको पूर्णपाठ

तपाईको प्रतिक्रिया