मोरङ ४ प्रदेशसभा (क) मा एमालेका जयप्रकाश चौधरी विजयी


हमार पहुरा डट कम
काठमाडौं, मंसिर ८ गते । मोरङ निर्वाचन क्ष्क्षेत्र नं. ४ (क) बाट प्रदेशसभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार जयप्रकाश चौधरी निर्वाचित हुनुभएको छ । चौधरी आफ्नो प्रतिस्पर्धीभन्दा चार सय छ मतान्तरले विजयी हुुनुभएको हो ।

चौधरीले १५ हजार चार सय ६४ मत ल्याउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार गुरुराज घिमिरेले १५ हजार ५८ मत प्राप्त गरेको निर्वाचन अधिकृत मणिराम पोखरेलले जानकारी दिनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका आशनारायण माझी थारुले तीन हजार नौ सय ३५ मत प्राप्त गर्नुभयो।

तपाईको प्रतिक्रिया