नेत्री गंगा सत्गौंवा चौधरीको जमानत जफत


हमार पहुरा डट कम
दाङ, मंसिर १४ गते । नेकपा (एमाले) बाट विद्रोह गरेर उम्मेदवार दाङ क्षेत्र १ मा प्रतिनिधिसभा सदस्यतर्फ उम्मेदवारी दिनुभएकी गंगा चौधरी (सत्गौंवा) को जमानत जफत भएको छ । हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दिनुभएकी चौधरीले १० प्रतिशत पनि मत ल्याउन नसकेपछि उहाँको धरौटी जफत भएको हो ।

उहाँले १ हजार ९२ मत प्राप्त गर्नुभयो । निर्वाचनमा १० प्रतिशतभन्दा कम मत पाउने उम्मेदवारको धरौटी जफत हुने कानुनी व्यवस्था अनुसार चौधरीको जमानत जफत भएको हो ।

एमालेबाट प्रतिनिधि सभा सदस्यको आकांक्षी चौधरीलाई टिकट नदिएर एमाले नेत्री शान्ता चौधरीलाई दिइएको थियो । त्यसपछि उहाँले एमाले परित्याग गरी हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दिनुभएको थियो ।

तीन वटा प्रतिनिधि सभा र ६ वटा प्रदेश सभामा गरी उम्मेदवारी दिएका ८९ जना उम्मेदवारमध्ये ६४ जनाको धरौटी जफत भएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया