सुनसरीको झुम्कामा थारु तिला संक्राइत कार्यक्रमको भव्य तयारी


हमार पहुरा डट कम
सुनसरी, पुस २९ गते । सुनसरीको झुम्कामा तिला संक्राइत कार्यक्रम हुनेभएको छ । माघ १ गते हुने कार्यक्रममा थारु पहिरन, भेषभुषा, खानाका परिकार तथा थारु परम्परागत नृत्य प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

थारु महिला उत्थान समाज र थारु मेगा रेकर्डिङ स्टुडियो झुम्का सुनसरीको संयुक्त आयोजनामा हुने महोत्सवमा थारु नृत्य प्रतियोगिताको आयोजना गराइने थारु महिला उत्थान समाजकी अध्यक्ष सीता चौधरी (थरुनी) ले बताउनुभयो ।

माघे संक्रान्तिको अवसरमा सो महोत्सवको आयोजना गर्न लागिएको उनले बताइन् । थारु समुदायको प्रमुख पर्व माघीको अवसरमा हरेक वर्षझैं यस वर्ष पनि माघ १ गते विशेष कार्यक्रमको आयोजना गरिने अध्यक्ष चौधरीले जानकारी गराउनुभयो । महोत्सवमा रामधुनी नगरपालिकाको कार्यालय, रामधुनी वडा नं १ र ९ कार्यालको सहयोग तथा समन्वयमा महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष चौधरीले बताउनुभयो ।

दुई दिनसम्म चल्ने महोत्सवमा करिब ५० हजारले अवलोकन गर्ने उनले दावी गरिन् । महोत्सव आयोजनाले थारु भाषा, भेषभुषा, संस्कृति र संस्कारको प्रवर्धन हुने, थारु परिकारको बजार तथा प्रचारप्रसार हुने विश्वास आयोजकले लिएको छ ।

तपाईको प्रतिक्रिया