लोकतान्त्रिक थारु संघ उपत्यका कमिटी अध्यक्षमा सीयाराम चौधरी


हमार पहुरा डट कम
काठमाडौं, माघ २८ गते । नेपाल लोकतान्त्रिक थारु संघको उपत्यका कमिटी गठन भएको छ । शनिबार ललितपुरको च्यासलमा भएको दोस्रो उपत्यका सम्मेलनले कमिटीको अध्यक्षमा सीयाराम चौधरी (सिरहा) लाई सर्वसम्मत चयन गरेको हो ।

३५ सदस्यीय उपत्यका कमिटीको उपाध्यक्षमा गीता चौधरी (कैलाली), सचिवमा रामस्वागत चौधरी (सप्तरी), सहसचिवमा उमेश चौधरी (सप्तरी) र कोषाध्यक्षमा लुमा चौधरी (बाँके) सर्वसम्मत चयन हुनुभएको छ ।

त्यसैगरी, सदस्यहरुमा सपना चौधरी (उदयपुर), दीपा चौधरी (कैलाली), सपना चौधरी (कैलाली), पूजा चौधरी (उदयपुर), अनिता चौधरी (उदयपुर), सनराज चौधरी (सुनसरी), रामनारायण चौधरी (सुनसरी), राजकुमार चौधरी (सिरहा) रहनुभएको छ ।

त्यस्तै, अन्य सदस्यहरुमा सुवासकुमार चौधरी (सिरहा), सुजित चौधरी (रौतहट), पवन चौधरी (रौतहट), सुनु चौधरी (पर्सा), सुनिता चौधरी (पर्सा), मोतीलाल चौधरी (दाङ), उर्मिला चौधरी (दाङ), सुशीला चौधरी (दाङ), नन्दुराज चौधरी (दाङ), अनु चौधरी (बाँके), मञ्जु चौधरी (बाँके), अन्जु चौधरी (बाँके), आरती चौधरी (वर्दिया), शान्ति चौधरी (वर्दिया), कमल राना (कैलाली), अंकित राना (कैलाली), शान्ति राना (कञ्चनपुर), शारदा चौधरी (कपिलवस्तु) र सुदप हुजदार थारु (उदयपुर) रहनुभएको छ ।

कार्यक्रममा नेपाल लोकतान्त्रिक आदिबासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष तथा नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य गोकुल घर्तीले थारु समुदायको समग्र विकासका लागि संघले काम गर्नुपर्ने बताउनुभयो । थारु समुदायको भाषा, संस्कृति, भेषभुषा बाँचे मात्र पहिचान जोगिने चर्चा गर्नुहुँदै उहाँले थारु समुदायको राजनीतिक, सांस्कृतिक, आर्थिक, धार्मिक तथा सामाजिक अधिकारका लागि सबै थारु एक जुट भएर लाग्नुपर्ने उहाँले सुझाव दिनुभयो ।

एमाले पोलिटव्यूरो सदस्य बैजनाथ चौधरीले थारु समुदायको हकहित संरक्षण तथा सम्बोधनका लागि संघमार्फत राजनीतिक दवावको खाँचो भएको बताउनुभयो । थारु समुदायको समग्र हकहितका लागि संघ मार्फत एकतावद्ध भएर लाग्नुको विकल्प नभएको उहाँले चर्चा गर्नुभयो ।

एमाले पोलिटव्यूरो सदस्य तथा पूर्वमन्त्री मञ्जुकुमारी चौधरीले राजनीतिक अधिकारका लागि थारु समुदाय स्वयम् जुर्मुराउनु पर्ने बताउनुभयो । राजनीतिमा थारु समुदायको सहभागिता सुनिश्चित गराउन संघले भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

संघका उपत्यका संयोजक सीयाराम चौधरीको सभापतित्वमा भएको कार्यक्रममा महासंघका महासचिव तथा पूर्व सांसद पेम्बा भोटे लामा, नेपाल लोकतान्त्रिक थारु संघका उपाध्यक्ष विश्राम चौधरी, वलदेव चौधरी, संघका केन्द्रीय महासचिव खुशीराम चौधरी, अनेरास्ववियूका सचिव रामशरण चौधरी, संघका केन्द्रीय सचिव चन्द्रप्रसाद चौधरी, फोनिजका वरिष्ठ उपाध्यक्ष लक्की चौधरी, महासंघका केन्द्रीय उपमहासचिव देवेन्द्र राई, केन्द्रीय सदस्य सकुन्तला लेप्चा, गीता चौधरी, कमल राना लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

२०६३ साल माघ २७ गते स्थापना भएको संघको केन्द्रीय सम्मेलन फागुन १८ गते रुपन्देहीमा हुने निर्णय भएको संघका केन्द्रीय महासचिव खुशीराम चौधरीले जानकारी दिनुभयो । संघको उपत्यकासहित थारु बहुल २४ जिल्लामा शाखा रहेको संघले जनाएको छ । एमाले निकट मानिने संघमा देशभरका थारु समुदायको प्रतिनिधित्व रहेको छ ।

(गोरखापत्र अनलाइनबाट)

तपाईको प्रतिक्रिया