लोकतान्त्रिक थारु संघको केन्द्रीय अध्यक्षमा लालमणि चौधरी निर्वाचित


हमार पहुरा डट कम
रुपन्देही, फागुन १९ गते । नेपाल लोकतान्त्रिक थारु संघको तेस्रो सम्मेलनले लालमणि चौधरी (चितवन) को अध्यक्षतामा १५० सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । रुपन्देहीको सैनामैनामा बिहीबार भएको सम्मेलनले सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन गरेको हो ।

संघको उपाध्यक्षहरुमा राजकुमारी चौधरी (उदयपुर), केवल चौधरी (बारा), झगरु चौधरी, चिन्तमणी चौधरी, चन्द्रबहादुर चौधरी (बाँके) र होरीलाल चौधरी (कैलाली) चयन हुनुभएको छ । त्यस्तै, महासचिवमा खुशीराम चौधरी (रुपन्देही) चयन हुनुभएको छ । संघको सचिवमा सीता चौधरी, वैजु विश्वास, रमानन्द चौधरी (उदयपुर), कमलसिंह राना (कैलाली) रहनुभएको छ ।

सोहीअनुसार कोषाध्यक्षमा कविराम थारु (वर्दिया) चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा क्रमशः गीता चौधरी (कैलाली), स्यानी चौधरी (दाङ), अनिलराज धामी, गिरधारीप्रसाद चौधरी, सावित्री चौधरी, देवकान्त चौधरी, जागेश्वर चौधरी, भोजनी चौधरी, चन्द्रदास चौधरी, ज्योति चौधरी, गुणवती धामी चौधरी, गणेश चौधरी, आनन्दी चौधरी, भोगनारायण चौधरी, सुनैना थरुनी, जयराम चौधरी, उषादेवी थारु, गितादेवी थारु, पुष्पराज महतो रहेका छन् ।

सोहीअनुसार अन्य केन्द्रीय सदस्यहरुमा भोजबहादुर चौधरी, जगदीश चौधरी, सुखारी चौधरी, रामचन्द्र कठरिया, पुरन चौधरी, कल्पनाकुमारी डंगौरा, चित्रकुमारी चौधरी, छविलाल चौधरी, उमाशंकर चौधरी, रजनी थारु, भुवन चौधरी, भागीराम चौधरी, रामसिंह थारु, लौटन चौधरी, राजु धामी थारु, पूर्णदेव चौधरी, कमल राना, रामदास थारु, राजकुमारी चौधरी, अयोध्याप्रसाद थारु, केशवसिंह चौधरी, मनेजर महतो, राधाकुमारी महतो, नितुकुमारी चौधरी लगायत हुनुहुन्छ ।

नेकपा (एमाले) निकट रहेको संघको तेस्रो सम्मेलनको उदघाटन नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्माले गर्नुभएको थियो । सो अवसरमा एमाले नेताहरु भानुभक्त ढकाल, गाकुल घर्ती, बैजनाथ चौधरी, मञ्जु चौधरी, पेम्बा भोटे लगायतका नेताहरुको सहभागिता थियो । संघको उपत्यकासहित २४ जिल्लामा जिल्ला कमिटी रहेको छ ।

तपाईको प्रतिक्रिया