थाकस पर्साको जिल्ला अध्यक्षमा रामेश्वरप्रसाद महतो थारू निर्वाचित


शम्भुप्रसाद महतो थारु
पर्सा, चैत १८ गते । थारू कल्याणकारिणी सभा (थाकस) पर्साको अध्यक्षमा रामेश्वरप्रसाद महतो थारु निर्वाचित हुनुभएको छ । आज शनिबार भएको जिल्लाको आठौं अधिवेशनले उहाँलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

अधिवेशनको उदघाटन थाकसका महामन्त्री प्रेमीलाल चौधरीले गर्नुभएको थियो । सो अवसरमा पूर्वमन्त्री सुरेन्द्रप्रसाद चौधरीले पनि आफ्नो धारणा राख्नुभएको थियो । अधिवेशनले थाकस पर्साको वरिष्ठ उपाध्यक्षमा भागवतप्रसाद थारू, उपाध्यक्षमा गौतम महतो थारु, महिला उपाध्यक्षमा अर्चना चौधरी, कोषाध्यक्षमा राजूदास थारू, सचिवमा मनोज चौधरी, सहसचिवमा वैजनाथ महतो थारु सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

अधिवेशनले सदस्यहरुको चयन पनि सर्वसम्मतले गरेको अध्यक्ष महतो थारुले बताउनुभयो । उहाँ यसअघि पनि अध्यक्षको जिम्मेवारीमा रहनुभएको थियो ।

तपाईको प्रतिक्रिया