थाकस उपत्यका समिति सभापतिमा पुनः सुमन चौधरी निर्वाचित


हमार पहुरा डट कम
काठमाडौं, वैशाख १० गते । थारु कल्याणकारिणी सभा (थाकस) उपत्यका कार्य समितिको आठौं अधिवेशनले पुनः सत्यनारायण चौधरी सुमन (सप्तरी) लाई सर्वसम्मत सभापति निर्वाचित गरेको छ । हिजो शनिबार भएको उपत्यका समितिको अधिवेशनले सुमनलाई सभापतिमा निर्वाचित गरेको हो । त्यस्तै अधिवेशनले १८ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको सभापति सुमनले बताउनुभयो ।

समितिका उपसभापतिमा शत्रुघनप्रसाद चौधरी (सप्तरी), सीताराम चौधरी (वर्दिया), प्रेमा चौधरी (कैलाली) चयन हुनुभएको छ । त्यस्तै समिति सचिवमा उमेशकुमार चौधरी (सप्तरी), सहसचिवमा श्यामनारायण चौधरी (सप्तरी) र कोषाध्यक्षमा नन्दुराज चौधरी (देउखुरी) चयन हुनुभएको छ ।

त्यस्तै, सदस्यहरुमा सुदिप हुजदार (उदयपुर), महिमा चौधरी (वर्दिया), किरण चौधरी (कैलाली), सुर्यकुमार चौधरी (सप्तरी), महेशकुमार चौधरी (सप्तरी), सरला चौधरी (दाङ), विजय चौधरी (कैलाली), रामनारायण चौधरी (सुनसरी), चम्पा चौधरी (दाङ), दिनेश चौधरी (वर्दिया), कृष्णा चौधरी (वर्दिया) रहनुभएको छ ।

अधिवेशनले पाँच जनालाई केन्द्रीय पार्सद चयन गरेको छ । जसमा प्रेमीलालप्रसाद चौधरी (रौतहट), धर्मलाल चौधरी (रौतहट), गीताकुमारी चौधरी (सप्तरी), तुलसीप्रसाद चौधरी (सप्तरी) र जितेन्द्र चौधरी (बारा) रहनुभएको सभापति सुमनले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया