विरामी श्रीमान् बचाउन सावित्री चौधरीद्वारा आर्थिक सहयोगको आग्रह


हमार पहुरा डट कम
काठमाडौं, वैशाख १५ गते । काठमाडौंको वीर अस्पतालमा उपचाररत रहेका चितवन निवासी महेन्द्र चौधरीको उपचारमा समस्या भएपछि उहाँकी श्रीमती सावित्री चौधरीले आर्थिक सहयोगको अपिल गर्नुभएको छ ।

चितवनको खैरहनी नगरपालिका १० कठार निवासी सावित्री चौधरी बेखर्ची भएपछि उपचारमा समस्या भएको बताउनुभएको छ । एक महिनाअघि उहाँले ३६ वर्षीय आफ्ना श्रीमान् चौधरीलाई उपचारका लागि अस्पताल भर्ना गर्नुभएको थियो ।

उच्च रक्तचापका कारण बेहोस भई ढल्नुभएका चौधरीलाई भरतपुरको पुरानो मेडिकल कलेजमा उपचार गराई अस्पतालको सिफारिसमा काठमाडौंको वीर अस्पताल ल्याउनुभएको उहाँले बताउनुभयो ।

वीर हस्पिटलमा उपचार गराउँदै गर्दा आर्थिक अभावका कारण निकै समस्या परेको र उपचार गराउन नसकिएको भन्दै उहाँले सर्वसाधारण दाताहरुमा आर्थिक सहयोगको अपिल गर्नुभएको हो । अस्पतालमा श्रीमान्को स्वास्थ्य अवस्था सुधार हुँदैगएको भए पनि औषधि उपचारका लागि आफूसँग पैसा सकिएकाले उपचारमा निरन्रता दिन नसकेको उहाँले बताउनुभयो ।

आफन्तहरुसँग सरसापटी गरेरै तीन लाखभन्दा बढी खर्च गरिसकेको भन्दै सावित्रीले सहयोग प्राप्त भएमा श्रीमान्लाई बचाउन सक्ने बताउनुभयो । “दाता महानुभावहरु कसैले सहयोग गरिदिएमा श्रीमान् बाँच्नु हुन्थ्यो, को सँग सहयोग माग्ने निकै गाह्रो भएको छ, विरामी अवसथामै श्रीमानलाई अस्पतालबाट घर लग्न पनि सकिएको छैन” उहाँले पीडा सुनाउनुभयो ।

काठमाडौंको भोटाहिटीस्थित राष्ट्रिय वाणिज्य बैंकमा खाता खोलेर उहाँले सहयोगको अपिल गर्नुभएको छ । उहाँले खाता नं. १३६०१०००३४४०५०१० मा सहयोग गरिदिन आग्रह गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया