वरिष्ठ पत्रकार पन्त सम्मानित


Tank pant

काठमाडौ, माघ ४ गते । सम्पादक समाजले बरिष्ठ पत्रकार टंक पन्तलाई गोबिन्द बियोगी बिशेष पत्रकारिता पुरस्कारले सम्मानित गरेको     छ ।

काठमाडौंका बसुन्धरामा आयोजित विशेष कार्यक्रममा सूचना तथा संचारमन्त्री शेरधन राईले सो पुरस्कार पन्तलाई हस्तान्तरण गर्नुभयो ।
नगद राशीसहित दिइएको सम्मानपत्रमा दुई दशकभन्दा बढी ब्यबसायिक पत्रकारिताका लागि निरन्तर क्रियाशील भै महत्पूर्ण योगदन पुगाएका कारण पुरस्कुत गरिएको समाज र ट्रष्टले जनाएको छ ।

समाजका अध्यक्ष देबेन्द्र गौतमको अध्यक्षतामा भएको कार्यक्रममा तरुण साप्ताहिकका सम्पादक परशु घिमिरेलाई पनि गोबिन्द बियोगी पत्रकारिता पुरस्कार प्रदान गर्नुभयो ।

समाजका अध्यक्ष देबेन्द्र गौतमको अध्यक्षतामा भएको कार्यक्रममा तरुण साप्ताहिकका सम्पादक परशु घिमिरेलाई पनि गोबिन्द बियोगी पत्रकारिता पुरस्कार प्रदान गर्नुभयो ।

ट्रष्ट स्थापनामा प्रमुख भूमिका निर्बाह गरेका गोबिन्द बियोगीका सुपुत्र किरण बैद्यकै सक्रियतामा मातृभुमि साप्ताहिकमा ०३१ देखि ०४१ सम्म प्रकाशित सम्पादकीय संग्रहको पनि सो अवसरमा मन्त्री राइले लोकार्पण गरेका छन् ।

कार्यक्रममा समाजका सचिव पुरु रिसालले पुरस्कृत ब्याक्तित्व पन्तको संक्षिप्त जानकारी गराउँदै ‘०४८ सालदेखि दैनिक समाजबाट पत्रकारिता प्रारम्भ गर्नुभएका बरिष्ठ पत्रकार पन्तले दैनिक समाजमा गर्दागर्दै पछिल्लो समयमा मातृभुमि साप्ताहिक र प्रजातन्त्र साप्ताहिकमा पनि आबद्ध भएर काम गरेको भन्नुभयो ।

०५२ साल पुस २७ गतेबाट प्रकाशन प्रारम्भ भएको नेपाल समाचार दैनिकमा प्रकाशन हुनुभन्दा दुई दिनअघि अर्थात पुस २५ गतेबाट आबद्ध हुनुभएका पन्तले सो पत्रिकामा दुई दशक बढी काम गर्नुभयो । सहसम्पादक, प्रमुख समाचारदाता, डेस्क इञ्चार्ज, बरिष्ठ सहसम्पादक, समाचार सम्पादक हुँदै सम्पादक समेतको जिम्मेबारी निर्बाह गर्नुभएका पन्तले रत्नराज्य क्याम्पसमा पढाईसँगै पत्रकारिता प्रारभ गरेका गर्नुभएको थियो ।’

नेपाल समाचारपत्र दैनिकको महत्वपूर्ण जिम्मेबारीमा हुँदा हुँदै पन्तले नेपाल टेलिभिजनको सञ्चालक समितिको सदस्यका रुपमा तोकिएको समयअबधि भरि आपनो भूमिका निर्बाह गर्नुभएको थियो ।

नेपाल समाचारपत्र दैनिकको महत्वपूर्ण जिम्मेबारीमा हुँदा हुँदै पन्तले नेपाल टेलिभिजनको सञ्चालक समितिको सदस्यका रुपमा तोकिएको समयअबधि भरि आपनो भूमिका निर्बाह गर्नुभएको थियो ।

टेलिभिजनमा रहँदा उहाँले निर्बाह गरेको रचनात्मक भूमिकाप्रति टेलिभिजन परिवारले सधै सम्झने गरेको छ ।
बरिष्ठ पत्रकार पन्तले २४ वर्षको पत्रकारिता बढी राजनीतिक विषयमा गरेको देखिए पनि सामाजिक न्याय, लैंगिक समानता र विकासका लागि पनि उत्तिकै कलम चलाउनुहुन्छ ।

महिला अधिकारका विषयमा निरन्तर कलम चलाएका कारण पनि उहाँलाई कुनै महत्वपूर्ण समारोहमा महिला पत्रकार पनि भन्ने गरिन्छ ।
श्रीमती मीना शर्मा, छोरी इशिका पन्त र छोरा इशान पन्त रहेको सानो सुखी परिवारमा रहेका पन्तले केही समय देखि चक्रपथ अनलाइन पत्रिकामा सल्लाहकार सम्पादकको रुपमा भूमिका निर्वाह गरिरहनु भएको छ ।

तपाईको प्रतिक्रिया