फोनिजको रौतहट शाखा पुनर्गठन, अध्यक्षमा विवेककुमार चौधरी चयन


हमार पहुरा डट कम
रौतहट, साउन २९ गते । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को रौतहट शाखा पुनर्गठन भएको छ । २४ औं स्थापना दिवसको अवसरमा शनिबार गरुडामा आयोजित कार्यक्रमबाट सो शाखा पुनर्गठन भएको फोनिज मधेस प्रदेशका अध्यक्ष दुष्यन्त चौधरीले जानकारी दिनुभयो ।

फोनिज रौतहट शाखाको अध्यक्षमा विवेकुमार चौधरी, उपाध्यक्षमा सुभाष श्रेष्ठ, सचिबमा दिपक श्रेष्ठ, सहसचिवमा विनोद चौधरी र कोषाध्यक्षमा आशिषकुमार चौधरी चयन भएका छ्न् । सात सदस्यीय कार्य समितिको सदस्यमा आकाश चौधरी र मन्जु मानन्धर सर्वसम्मत चयन भएको फोनिज मधेस प्रदेशका अध्यक्ष चौधरीले बताउनुभयो । त्यस्तै, शाखाको सल्लाहकारमा ओमकिशोर चौधरी र गौतम श्रेष्ठलाई चयन गरेको छ ।

अनाथालयलाई खाद्यान्न सहयोग
सोहीअनुसार गरुडास्थित रहेको वंशीराम जैसवाल आनाथ आश्रममा फोनिज मधेस प्रदेशले खाद्यान्न वितरण गरेको जनाएको छ । स्थापना दिवसकै अवसरमा फोनिज मधेस प्रदेशका अध्यक्ष चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि र विशिष्ट अतिथिमा गुजरा नगरपालिकाको नगर प्रमुख सन्तलाल चौधरी र उपप्रमुख पुनमदेवी चौधरी रहनुभएको थियो । सो अवसरमा प्रमुख र उपप्रमुखले अनाथालयका अध्यक्ष कृष्णकुमार सिंहलाई खाद्यान्न हस्तान्तरण गर्नुभयो ।

अनाथालयलाई खाद्यान्न सहयोग गर्दै नगर प्रमुख चौधरीले अनाथ बालबालिकालाई सहयोग गरेकोमा आदिवासी जनजाति पत्रकारलाई धन्यवाद व्यक्त गर्नुभयो । अनाथालयका अध्यक्ष सिंहले अनाथ बालबालिकाका लागि खाद्यान्न सहयोग गरेकोमा खुशी व्यक्त गर्दै धन्यवाद दिनुभयो ।

कार्यक्रममा फोनिज सप्तरीका अध्यक्ष भगवती प्रसाद चौधरी, बाराका अध्यक्ष जियालाल चौधरीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । कार्यक्रममा फोनिज मधेस प्रदेशका उपाध्यक्ष प्रियासिंह थारु, महासचिव बृजमान तामाङको पनि सहभागिता थियो ।

सो अवसरमा फोनिज बारा शाखाले फोनिज प्रदेश समितिका पदाधिकारीलाई सम्मान गरेको थियो । प्रमुख अतिथि नगरपालिकाका प्रमुख सन्तलाल चौधरी र गरुडा नगरपालिकाका उपप्रमुख पुनमदेवी चौधरीले प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरुलाई सम्मानपत्रद्वारा सम्मानित गर्नुभयो ।

तपाईको प्रतिक्रिया