एमालेले बनायो संसदीयदलको विधान संशोधन गर्ने कार्यदल


UML logo1

काठमाडौं, माघ ४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान संकटको अन्त्य गर्न योजनाकासाथ सरकार अघि बढिरहेको र संविधान संशोधनमार्फत् समस्या समाधान हुने विश्वास दिलाउनुभएको छ ।

नेकपा (एमाले) संसदीय दलको बैठकलाई सोमबार बालुवाटारमा सम्बोधन गर्नुहुँदै संसदीय दलका नेतासमेत रहनुभएका प्रधानमन्त्री ओलीले त्यस्तो विश्वास दिलाउनुभयो । नेपाली कांग्रेससँग थप छलफल र परामर्श गरी संशोधन विधेयकलाई पारित गर्नेतर्फ पार्टीकोतर्फबाट लाग्नुपर्ने उहाँले बताउनुभयो ।

पार्टी अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले संसदीयदलका सदस्यहरुलाई निर्देशनात्मक सम्बोधन गर्नुहुँदै देश निर्माणका लागि नयाँ ढंगले लाग्नुपर्ने बताउनुभयो । सरकारले गरेको तयारीको जति बाहिर टिप्पणी भएपनि पार्टीलाई एकतावद्ध भएर अगाडि बढ्न उहाँले निर्देश गर्नुभयो ।

सरकारको अभियानमा पार्टीको तर्फबाट पूर्ण सहयोगको अपेक्षा गर्नुहुँदै उहाँले “सम्भव नहुने कुरा मैले गरेको छैन, काम पूरागर्न सकिन्छ, हामी कसैको भुलभुलैयामा लाग्नुहुन्न” संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले भन्नुभएको प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिनुभयो ।

संविधान संशोधनका विषयमा बोल्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “हाम्रो सहमतिमा संशोधन तयार भएको विषयप्रति हाम्रो ओनरसिप छ, व्यक्तिगतरुपमा दर्ता भएको संशोधनप्रति हाम्रो ओनरसिप रहन्न ।”

प्रधानमन्त्री ओलीले भन्नुभयो, “हाम्रो सहमतिमा संशोधन तयार भएको विषयप्रति हाम्रो ओनरसिप छ, व्यक्तिगतरुपमा दर्ता भएको संशोधनप्रति हाम्रो ओनरसिप रहन्न ।”

बैठकले प्रमुख सचेतक भानुभक्त ढकालको संयोजकत्वमा संसदीय दलको विधान संशोधनका लागि पाँच सदस्यीय कार्यदल गठन गरेको छ । प्रमुख सचेतक ढकालका अनुसार कार्यदलमा सांसदहरु डा. वंशीधर मिश्र, गोकुल घर्ती, शिवकुमारी गोतामे र अनारकली मियाँ रहनुभएको   छ । एमालेको संसदीयदल पुरानै विधान अनुसार चल्दै आएको छ ।

त्यस्तै, संसदको कामलाई व्यवस्थित गर्न प्रमुख सचेतक र सचेतक गोकुल घर्ती रहेको बोर्ड गठन गर्ने टीम बनेको सांसद यज्ञ सुनुवारले जानकारी दिनुभयो । माघ १० गते भित्र कार्यदल र बोर्ड गठनको प्रक्रिया तथा आधार तयार गर्ने समयसीमा बैठकले दिएको पनि उहाँले जानकारी दिनुभयो । बोर्डमा बढीमा २५ जनासम्म सदस्य रहने व्यवस्था रहेको उहाँले बताउनुभयो ।

कार्यदलमा सांसदहरु डा. वंशीधर मिश्र, गोकुल घर्ती, शिवकुमारी गोतामे र अनारकली मियाँ रहनुभएको   छ । एमालेको संसदीयदल पुरानै विधान अनुसार चल्दै आएको छ ।

संसदीयदलका नेता तथा प्रधानमन्त्री ओलीको सभापतित्वमा भएको बैठकमा वरिष्ठ नेता झलनाथ खनालले बहुराष्ट्रियताको विषयमा आएको विचारहरु राष्ट्रलाई कमजोर पार्ने खालका रहेकाले त्यसको विरुद्धमा पार्टी एक भएर लाग्नुपर्ने धारणा राख्नुभएको थियो । मोर्चासँग छलफल र वार्ताबाट समस्या समाधान गरिनुपर्ने उहाँले बताउनुभयो ।

बैठकमा नेता माधवकुमार नेपालले संविधान संशोधन एमालेको अगुवाईमा आएकाले जनताको समस्याप्रति गम्भीर भएर अगाडि बढ्नुपर्ने बताउनुभयो । वार्ता र छलफल नै समस्याको सर्वोत्तम उपाय भएकाले त्यसमै केन्द्रीत हुनुपर्ने उहाँले जोड दिनुभयो ।

त्यस्तै, बैठकमा उपप्रधानमन्त्री तथा पार्टी उपाध्यक्ष भीम रावलले मधेसी मोर्चा सम्बद्ध दलका नेताहरुसँग कार्यदलमा भएको छलफल र प्रगतिको बारेमा जानकारी गराउनुभएको प्रमुख सचेतक ढकालले जानकारी दिनुभयो । बैठकमा प्रदेशबाट एक एकजना सांसदहरु बोल्ने तयारी गरिएको भएपनि प्रधानमन्त्री ओलीको व्यस्तताले सो सम्भव नभएको बताइएको छ ।

अर्को बैठकमा सांसदहरुले सरकारले गरेको काममा केन्द्रीत भएर समेत धारणा राख्ने तयारी भएको सांसद सुनुवारले बताउनुभयो । कार्यदलले आवश्यक गृहकार्य गरी माघ १० भित्र विधान संशोधनको प्रस्ताव बैठकमा लैजाने प्रमुख सचेतक ढकालको भनाई छ ।

तपाईको प्रतिक्रिया