लुम्बिनी प्रदेशको तीन जिल्लामा थारू अट्वारी पर्वको सार्वजनिक विदा


हमार पहुरा डट कम
घोराही, भदौ २८ गते । लुम्बिनी प्रदेश सरकारले थारु समुदायको पर्व अट्वारीको अवसरमा दाङसहित बाँके र बर्दिया जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको छ । लुम्विनी प्रदेश गृह मन्त्रालयले बिहीबार सूचना निकाल्दै दाङ, बाँके र बर्दिया जिल्लामा भदौ ३१ गते पर्ने अट्वारी पर्वका अवसरमा थारु समुदायका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको हो । थारु समुदायले अट्वारीलाई विशेष पर्वका रुपमा मनाउने गर्छन् ।

प्रदेशमा थारु बाहुल्य भएका तीन जिल्लामा प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको गृह मन्त्रालयका अधिकृत माधव शर्माद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ । सूचनामा २०७९ चैत १७ गतेको लुम्विनी प्रदेश सरकारको निर्णयअनुसार विदा दिइएको अधिकृत शर्माद्वारा जारी सूचनामा जनाइएको छ ।

पश्चिम नेपालका थारु समुदायले भदौ ३१ गते आइतबार अटवारी पर्व मनाउँदैछन् । यस्तै, पूर्वका थारु समुदा

तपाईको प्रतिक्रिया