विश्वव्यापी शान्तिका लागि स्वयंसेवकहरू एक ठाउँमा


इन्चोन (कोरिया), असोज २० गते । विश्वव्यापी शान्तिको सन्देश प्रवाह गर्न हजारौं स्वयम्सेवकहरु एक ठाउँमा उभिएका छन् । इन्चोनमा हालै सम्पन्न विश्व शान्ति सम्मेलनमा पथप्रदर्शक, गाडी चालक, दोभाषे, मिडिया, चिकित्सक, सुरक्षा, सेवा सुविधा व्यवस्थापन टोली एक ठाउँमा उभिएका हुन् ।

सेप्टेम्बर १८ देखि २० सम्म गणतन्त्र दक्षिण कोरीयामा विशाल शान्ति कार्यक्रम आयोजना भई सुरक्षित सञ्चालन र सहभागीहरुको सन्तुष्टीको स्तर उच्च पाइएको छ । कार्यक्रम संस्थागत शान्तिका लागि बहुआयामीक नीति लागु गर्न राजनीति, शिक्षा, युवा, महिला, सञ्चारकर्मी, धर्मगुरु लगायत विविध क्षेत्रका प्रतिनिधि सहभागी कार्यक्रमले विश्वभर शान्तिको सन्देश प्रवाह गर्न सफल भएको छ ।

कार्यक्रमको केन्द्रविन्दुमा विभिन्न देशबाट आएका अतिथि सहभागीहरुको शान्तिपुर्ण आगमन र प्रस्थान सुनिश्चित गर्न बिमानस्थल टोली खटेको थियो । अतिथिको प्रवेशाज्ञा अनुमती जारी गर्ने र हवाइटिकट व्यवस्था गर्ने, सहभागीहरुको सुरक्षा लगायत संगठनको सुरक्षा, आकस्मिक हवाई अवरोध समेत सम्हाल्न विशेष ध्यान दिइएको थियो ।

उहाँहरुको सेवा र मिजासिलो व्यवहारले विश्वभरका अतिथिमाझ असल छाप छाड्न सफल भएको अतिथिहरुले अनुभूति गरेका छन् । स्वयंसेवक दोभाषे टोलिले कार्यक्रममा सहज सञ्चार गराउन महत्वपूर्ण भूमिका खेलेका थिए । आगन्तुक सबै पाहुनाका लागि दोभासेको व्यवस्था गरिएको थियो ।

कार्यक्रमका लागि २०८ जना स्वयम्सेवक खटिइएका थिए । कार्यक्रमबारे विश्वभर जानकारी गराउनेगरी सञ्चार सम्बद्ध पत्रकार सक्रिय रहेका थिए । कार्यक्रमबारे विश्वभरका विभिन्न भाषीहरुले सञ्चार माध्यममार्फत जानकारी पाएका छन् ।

कार्यक्रम अवधिभरी चिकित्सा टोलिले प्राथमिक उपचारदेखि अन्य उपचारको व्यवस्था समेत गरेको थियो । चिकित्सक र कोरियन आयुर्वेदीक चिकित्सक, नर्सहरु शान्तिका निम्ति सहभागी भएका थिए । चिकित्सक टोलीले कार्यक्रम अवधिभरी सक्रिय रुपमा सेवा प्रदान गरेका थिए ।

विश्व शान्ति सम्मेलन कार्यक्रमले कोरियाली सरकार पनि खुशी भएको अनुभूति आयोजक पक्षले गरेको छ । हेभेन्ली कल्चर, वल्र्ड पिस, रिस्टोरेशन अफ लाइट (एचडब्लुपीएल) संस्था विश्व शान्तिका लागि काम गरिरहेको एउटा गैर सरकारी संस्था हो । संस्थामा आवद्ध सबैको उत्कृष्ट कामले कार्यक्रममा आगन्तुक पाहुनाले प्रसंशा गरेका छन् ।

एचडब्लुपीएल संस्था स्न २०१३ मा दक्षिण कारियामा स्थापना भएको गैर सरकारी संस्था हो । यसले विश्वभर दिगो शान्ति कायम गर्ने सन्देश प्रवाह गर्दैआएको छ । विश्वबाट युद्धको अन्त्य गरी दिगो शान्ति कायम गर्न सकेमा विश्वभरका नागरिक सुखी र आनन्दित हुने लक्ष्य सो संस्थाले लिएको छ । संस्थाका अध्यक्ष ली मान ही रहनुभएको छ ।

तपाईको प्रतिक्रिया