संविधान संशोधन प्रक्रिया माघ ७ बाट मात्र शुरु हुने


CA

काठमाडौं, माघ ५ गते । मधेसी मोर्चासँग सहमति गर्ने भन्दै संविधान संशोधनको प्रक्रिया आउँदो ७ गतेबाट शुरुहुने भएको छ ।

सभामुख ओनसरी घर्तीसहित मंगलबार व्यवस्थापिका संसद भवनमा बसेको प्रमुख दलहरुको बैठकले संविधान संशोधन प्रक्रिया तत्काल अघि नबढाउने र सहमतिको प्रयास जारी राख्ने निर्णय गरेको हो ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको माग अनुसार संविधान संशोधन गर्न संसदमा विधेयक यसअघि नै दर्ता भैसकेको छ । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष भीम रावलले आउँदो ७ गतेदेखि संविधान संशोधनमा छलफल सुरु हुने जानकारी दिनुभयो । ‘

सो बीचमा पनि सहमति नबने माघ ९ गतेबाट विधेयक पास गरेर जानुपर्ने हुन्छ,’ रावलले भन्नुभयो । दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक दिउँसो ३ बजेर ५४ मिनेटमा शुरुभएको थियो । संसद बैठक शुरु हुने वित्तिकै मधेसी मोर्चा सम्बद्ध दलका सांसदहरुले बैठक बहिष्कार गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया