इजरायल–हमास युद्ध तत्काल रोक्न अध्यक्ष हीको आग्रह


हमार पहुरा डट कम
काठमाडौं, कात्तिक ८ गते । विश्व शान्तिको क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय गैर सरकारी संस्था हेभन्ली कल्चर, वल्र्ड पिस, रिस्टोरेशन अफ लाइट (एचडब्लुपीएल) ले इजरायल–हमास युद्ध तत्काल रोक्न आग्रह गरेको छ ।

संस्थाका अध्यक्ष ली मान हीले संस्थाको तर्फबाट विज्ञप्ति जारी गर्दै सो आग्रह गर्नुभएको हो । इजरायल–हमास युद्धले संयौ निर्दोस सर्वसाधारणको ज्यान गइरहेकाले संवाद गरी तत्काल युद्ध रोक्न उहाँले आग्रह गर्नुभएको हो ।

शान्तिको माध्यमबाट मात्र विश्वमा मानवीयताको संरक्षण हुने भन्दै अध्यक्ष हीले युद्धरत पक्षसँग मानवीयता र मानवअधिकारको व्यवस्था ख्याल गर्न आग्रह गर्नुभएको छ । युद्धले विनासबाहेक केही पनि प्राप्त नहुनेभएकाले शान्तिपूर्ण रुपमा वार्तागरी समस्या समाधान गर्न उहाँले दुवै पक्षसँग आग्रह गर्नुभएको छ । साथै उहाँले पीडितहरुका लागि आवश्यक पुनस्र्थापना तथा सहयोगका लागि आग्रह गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया