कलाकारहरुको उच्च मूल्यांकन गरी २१ जनालाई कदरपत्रले सम्मान


हमार पहुरा डट कम
सुनसरी, कात्तिक १७ गते । प्रिमियर सो कार्यक्रममा २१ जनालाई कदरपत्र तथा सम्मानपत्रले कलाकारहरुलाई सम्मानित गरिएको छ । नायक सचेत चौधरी, पटकथा कलाकार पाण्डव चौधरी, निर्देशक आश थारु, मुख्य खलनायक कृष्ण चौधरी, सम्पादक तथा रचनाकार सरोज चौधरी, गायक क्रमशः प्रकाश माझी, दिपक चाम्लिङ राइ र रोजिना चौधरी गरी ८ जनालाई कदरपत्रले सम्मानित गरिएको हो ।

त्यस्तै, उदयमान १४ जना कलाकारलाई दोसल्लाले बराहक्षेत्र मिडिया प्रालिका अध्यक्ष तथा निर्मता प्रदीप बासमैत र प्रमुख अतिथि नायक, थारु चलचित्र तथा सास्कृतिक सघका केन्द्रीय अध्यक्ष तथा निर्मता निर्देशक परशुराम चौधरीले कलाकार तथा सङ्गितकार गायकहरुलाइ सम्मान गर्नुभयो ।

निर्मता परशुराम चौधरीले केन्द्र, स्थानीय सरकारले कलाकारहरुका लागि बेग्लै पाठनशाला अभ्यास तालीमको व्यवस्था बजेट विनियोजनको खाँचो रहेको बताउनुभयो । चलचित्रले देश परिवर्तन गर्न अहम् भुमिका खेल्ने गरेकाले सोहीअनुरुप बजेट विनियोजन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

फिम्लमा प्रवेश अर्नुअघि कलाकारहरुले फिम्ल क्षेत्रको विषयमा अध्ययन अभ्यास अनुसन्धान गरेर कलाकार, निर्माता निर्देशक कुनै क्षेत्रमा हात हाल्दा सफल हुने र दर्शकले समेत राम्रो फिम्ल पाउने उहाँको भनाइ छ । अहिले धेरै जना लहलहैमा लागेर फिम्ल क्षेत्रको मोहमा पर्नेगरेकाले निर्मता निर्देशक कलाकारहरु विना चेतना र ज्ञान प्रवेश गर्दा फिल्मको अवस्था खस्केको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया