इजरायलमा मारिएका विद्यार्थीको स्मरणमा दीप प्रज्ज्वलन


हमार पहुरा डट कम
काठमाडौं, कात्तिक २० गते । इजरायलमा मारिएका नेपाली विद्यार्थीको स्मृतिमा आज अस्फोडेल पब्लिक स्कूल काठमाडौंमा दीप प्रज्ज्वलन गरिएको छ । इन्टरनेशनल युथ पिस ग्रुप (आइपीवाइजी) को आयोजनामा सो कार्यक्रम गरिएको हो ।

सो अवसरमा विद्यालयका विद्यार्थीले दीप प्रज्ज्वलन गरी मृतकहरुको आत्माको चीर शान्तिको कामना गर्दै मौनधारण आयोजना गरेका थिए । इजरायल हमास युद्धमा नेपालको १० जना विद्यार्थीको निधन भएको थियो ।

आइपीवाइजीका नेपाल निर्देशक हेजु पार्कले सो अवसरमा आफ्नो धारणा राख्नुभएको थियो । युद्धमा कसैको हार या जीत हुँदैन, वल्की युद्धमा विनाश बाहेक केही हुँदैन । युद्धबाट शान्ति प्राप्त सम्भव नरहेको भन्दै उहाँले शान्तिको माध्यमबाट समस्या समाधानमा ध्यान दिनुपर्ने बताउनुभयो । शान्तिबाट मात्र विश्वको दिगो शान्ति कायम गर्न सकिने हुनाले सबैले शान्तिको लागि काम गर्नुपर्ने उहाँले बताउनुभयो ।

सो अवसरमा विद्यालयका विद्यार्थीले पनि कार्यक्रममा सक्रिय सहभागिता जनाएका थिए । शान्तिका लागि विद्यार्थी र युवाको भूमिका महत्वपूर्ण हुने चर्चा गरिएको थियो । सो अवसरमा विद्यार्थीलाई इजरायल र हमासबीचको युद्धको झलक देखाइएको थियो । सो अवसरमा युद्धबाट मृत्युभएकाहरुको आत्माको शान्तिको कामना गरिएको थियो । त्यस्तै, नेपालको जाजरकोटमा गत शुक्रबार गएको भूकम्पमा परी मृत्युभएकाहरुको आत्माको शान्तिका लागि पनि विद्यार्थीले कामना गरेका थिए ।

कार्यक्रममा विद्यार्थीका शिक्षक, शिक्षिका, विद्यार्थी र शान्तिका लागि कार्यरत आइपीवाइजीका पदाधिकारीहरुको सहभागिता थियो ।आइपीवाइजी संस्था हेभन्ली कल्चर, वल्र्ड पिस रिस्टोरेशन अफ लाइट (एचडब्लूपीएल) संस्थासँग सम्बन्धित युथ कार्यक्रम हो । एचडब्लुपीएल संस्था विश्वमा दिगो शान्ति कायम गर्न स्न २०१४ देखि अभियान चलाउँदैआएको छ ।

तपाईको प्रतिक्रिया