दाङदेखि कञ्चनपुरसम्म थरुहट स्वायत्त प्रदेश बन्छः नेता देउवा


Deuba

दाङ, माघ ५ गते । नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले दाङदेखि कञ्चनपुरसम्मको थारु बाहुल्य क्षेत्रलाई थारु स्वायत्त प्रदेश बनाउन सकिने बताउनुभएको छ ।

पाँच जिल्लाबाट दाङमा भेला भएका थारु अगुवाहरुहरुलाई मंगलबार बिहान दाङको चखौरामा सम्बोधन गर्दै नेता देउवाले भन्नुभयो, ‘थारुहरुको बाहुल्यता रहेको दाङदेखि कञ्चनपुरसम्मका जिल्लाहरुलाई थारु स्वायत्त प्रदेश बनाउने मेरो प्रस्ताव छ । त्यसका लागि पश्चिम तराई र पूर्वी तराईका थारुहरुलाई एउटै प्रदेश चाहिन्छ भन्ने सोचाई नराख्नुहोस् ।’

अहिले सिमाङ्कनमा समेत धेरै विवाद आइरहेका कारण अहिले नै स्वायत्तताको घोषणा गर्न नसकिने भन्दै देउवाले पश्चिमका थारु बाहुल्य जिल्लाहरुलाई स्वायत्त घोषणा गर्न केही समय लाग्ने बताउनुभयो । ‘तपाई थारु पहाडे सबै समुदाय मिलेर बस्नुहोस्, सधैँ मिलरै बस्नुपर्छ’, पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका देउवाले भन्नुभयो, ‘अहिले अवस्था त्यस्तै छ, थारुहरुलाई स्वायत्तता दिनुपर्छ भन्ने मेरो पनि मान्यता हो, तपाईंँहरु नआत्तिनुस् ।’

देउवाले संविधान गतिशील हुने भएका कारण यो संशोधन हुँदै जाने र संशोधन प्रक्रियामै थारुहरुको यो अधिकार पनि समावेश गरिने बताउनुभयो । ‘राप्ती, भेरी, सेती महाकालीलाई एउटै प्रदेशमा राखेर सिमाङ्कन गर्ने र त्यसको विशेषाधिकार दाङदेखि पश्चिम तराईका जिल्लाहरुमा दिने मेरो प्रस्ताव थियो’, उहाँले भन्नुभयो, ‘तर, त्यस्तो हुन सकेन त्यसलाई अन्य दलहरुले मानेनन् र अहिलेको अवस्था आएको हो ।’

समावेशी लोकतन्त्रलाई मूलमन्त्र बनाएर थारुहरुलाई पनि निर्णायक तहमा पु¥याउनुपर्छ त्यसका लागि तपाईहरुले मलाई सहयोग गर्नुस्’, उहाले थप्नुभयो, ‘म सभापति भएँ भने थारुहरुलाई अझैं अधिकार सम्पन्न बनाउनेछु ।’

आफू थारु समुदायको हकहितका लागि सधैँ लड्दै आएको भन्दै उहाँले कांग्रेसको तेह्रांै महाधिवेशनका बेला सभापतिका लागि आफूलाई सहयोग गर्न पनि आग्रह गर्नुभयो । प्रजातान्त्रिक थारु समाजको आयोजनामा भएको अन्तरक्रियामा नेता देउवाले भन्नुभयो, ‘कमैया, कम्लहरी मुक्तिका लागि मैले नै धेरै प्रयास गरेँ, समावेशी लोकतन्त्रलाई मूलमन्त्र बनाएर थारुहरुलाई पनि निर्णायक तहमा पु¥याउनुपर्छ त्यसका लागि तपाईहरुले मलाई सहयोग गर्नुस्’, उहाले थप्नुभयो, ‘म सभापति भएँ भने थारुहरुलाई अझैं अधिकार सम्पन्न बनाउनेछु ।’

प्रजातान्त्रिक थारु समाजका अध्यक्ष लक्ष्मीमान चौधरीको अध्यक्षतामा दाङको चखौरामा भएको कार्यक्रममा नेपाली काग्रेसका पूर्वमहामन्त्री बिमलेन्द्र निधि, केन्द्रीय सदस्य डाक्टर प्रकासशरण महत, केन्द्रीय सदस्य उमाकान्त चौधरी, सांसद प्यारेलाल राना थारुलगायतले बोल्नुभएको थियो । अन्तरक्रियामा दाङदेखि कञ्चनपुरसम्मका करिव एक हजार बढी थारु अगुवाहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया