धनगढी गाउँका सरोज चौधरी २९ औं पटक भलमन्सा चयन


हमार पहुरा डट कम
धनगढी, माघ ७ गते । कैलालीका सरोज चौधरी २९ औं पटक आफ्नो गाउँको भलमन्सा (बरघर) मा चयन हुनु भएको छ । धनगढी उपमहानगरपालिका –८ धनगढी गाउँको उहाँ २९ औं पटक भलमन्सा हुनु भएको हो ।

चौधरी २०५२ सालदेखि लगातार सो गाउँको भलमन्सा बन्दै आउनुभएको छ । गाउँको भुरा खेलले उहाँलाई सर्वसम्मतले भलमन्साको जिम्मेवारी सुम्पेको हो । गाउँ समाजमा आफूले निःस्वार्थ रुपमा बिनापारिश्रमिक सेवा गर्दैैआएको भलमन्सा चौधरीले बताउनुभयो । पहिले बुबा–बाजेले गाउँको नेतृत्व गरेकोमा उहाँहरु बितेपछि त्यो जिम्मेवारी आफ्नो काँधमा आएको उहाँले चर्चा गर्नुभयो ।

यसअघि, चौधरीका बुबा रामचन्द्र र बाजे मन्ठुले धनगढी गाउँको भलमन्साको रुपमा आफ्नो जीवनभर काम गर्नुभएको थियो । उहाँको परिवारले तीन पुस्तादेखि धनगढी गाउँको नेतृत्व गर्दैआएको छ ।

गाउँ समाजको नेतृत्वको जिम्मेवारी पाएपछि भलमन्साले विकास निर्माण, आपसी मेलमिलाप, सरोकारवालासँग समन्वय लगायतको काममा प्रभावकारी भूमिका निर्वाह गर्दैआएको स्थानीयको भनाइ छ । चौधरीले राम्रो काम गर्दैआएकाले उहाँलाई फेरि भलमन्साको रुपमा चयन गरेको धनगढी गाउँका स्थानीय सूर्य चौधरीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया