कैलाली र कञ्चनपुरका कृषकहरुको गहुँबालीमा आगलागी हुँदा ठूलो क्षति


हमार पहुरा डट कम
धनगढी, वैशाख ६ गते । कैलाली र कञ्चनपुरका कृषकको खेतमा रहेको गहुँबालीमा आगलागी हुँदा ठूलो क्षति भएको छ । कैलालीको जोशीपुर गाउँपालिका –४ खर्चवाको केही र कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका –७ का २० जना किसानको गहुँबालीमा आगलागी भएको हो ।

आगलागीबाट कृषकको ठुलो क्षति भएको जनाइएको छ । खर्चवामा कृषक परशुराम चौधरीको १३ कट्ठा जमिनमा लगाइएको गहुँबाली जलेर नष्ट भएको छ । स्थानीयले आगो निभाउने प्रयास गर्दा पनि हावा चलेका कारण आगो दन्केपछि बाली बचाउन नसकेको पीडितको भनाइ छ । क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।

यसैगरी, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेशराज जोशीका अनुसार दोधारा चाँदनीका २० जना किसानका करिब आठ बिघा जमिनमा लगाइएको गहुँ आगलागीबाट नष्ट भए पनि क्षतिको पूर्ण विवरण आउन बाँकी छ । दिउँसो लागेको आगोलाई स्थानीयको प्रयासमा नियन्त्रणमा लिइएको पीडित कृषकको भनाइ छ ।

तपाईको प्रतिक्रिया