कैलालीमा चट्याङ लागेर दुई जना थारुको मृत्यु, छ जना घाइते


हमार पहुरा डट कम
धनगढी, असार १२ गते । बुधबार विहान चट्याङ लागेर कैलालीमा दुई जना थारुको ज्यान गएको छ । जोशीपुर गाउँपालिका –३ भितरियाका ३१ वर्षीय जयराम डङ्गौरा र धनगढी उपमहानगरपालिका –१८ एफ गाउँका २७ वर्षीय शालिकराम चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

खेतमा काम गर्ने क्रममा दुवै जनालाई चट्याङ लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले जानकारी दिनुभयो । यसैगरी, चट्याङ लागेर ६ जना घाइते भएका छन् ।

घाइते हुनेमा जानकी गाउँपालिका –४ बेलपुरका २९ वर्षीया रिता कठरिया, २३ वर्षीया सुस्मा डंगौरा, भजनी नगरपालिका –६ का ५५ वर्षीय रामबहादुर चौधरी, घोडाघोडी नगरपालिका –९ का ९ वर्षीया सरस्वती भुल, सात वर्षीया पारु कठायत र १० वर्षीया खीमा कठायत रहेका छन् ।

तपाईको प्रतिक्रिया