थाकसको महाधिवेशन सर्यो, मंसिर १ देखि ३ सम्म गर्ने निर्णय


हमार पहुरा डट कम
काठमाडौं, भदौ ९ गते । थारु समुदायको छाता संगठन थारु कल्याणकारिणी सभा (थाकस) को केन्द्रीय महाधिवेशनको मिति सरेको छ । आज बसेको केन्द्रीय सञ्चालन समितिको बैठकले २३ औं महाधिवेशनको मिति सार्ने निर्णय गरेको हो ।

थाकसका महामन्त्री प्रेमीलालप्रसाद चौधरीका अनुसार यसअघि असोज ५ देखि ७ गतेसम्म रुपन्देहीमा गर्ने भनिएको महाधिवेशनको मिति दुई महिना पछि सारेर मंसिर १ देखि ३ गतेसम्म रुपन्देही जिल्लामै महाधिवेशन गर्ने निर्णय भएको हो ।

पूर्वीया थारु महिलाको प्रमुख पर्व जितिया पर्वलाई मध्येनजर गरी महाधिवेशनको मिति सार्ने निर्णय भएको महामन्त्री चौधरीले बताउनुभयो । जितिया पर्व असोज ९ गते परेको छ । पूर्वका थारु महिलाले यस पर्वलाई धुमधामका साथ मनाउने गर्छन् ।

तपाईको प्रतिक्रिया