दशैंको मुखमा किसानहरुलाई धान काट्न भ्याइनभ्याई


हमार पहुरा डट कम
धनगढी, असोज १९ गते । मौसममा केही सुधार हुन थालेपछि दशैंको मुखमा किसानहरुलाई धान काट्न भ्याइनभ्याई भएको छ । मौसम पूर्वानुमान महाशाखाको वर्षा हुने सूचनाका कारण धान पाके पनि किसानहरुले धान काट्न पाएका थिएनन् ।

केही दिनदेखि मौसममा सुधार हुन थालेपछि अहिले किसानहरु खेतमा पाकेको धान काट्न व्यस्त भएका हुन् । कैलालीको धनगढी उपमहानगरपलिकाभित्र विभिन्न गाउँमा किसानहरु धान काट्न व्यस्त रहने गरेका छन् ।


गोरखापत्र अनलाइनबाट

तपाईको प्रतिक्रिया