जोखन-जगत रत्गैया स्मृति पुरस्कार लौव अग्रासन साप्ताहिक पत्रिकालाई प्रदान


हमार पहुरा डट कम
काठमाडौं, फागुन २५ गते । थारु पत्रकार संघ, नेपालले अधिकारकर्मी इन्दु थारूले आफ्ना दिवंगत पिता र काकाको स्मृतिमा स्थापना गर्नुभएको जोखन-जगत रत्गैया स्मृति पुरस्कार २०८१ थारु साप्ताहिक पत्रिका लौव अग्रासनलाई प्रदान गरेको छ ।

दाङको घोराहीबाट थारु भाषामा प्रकाशित हुँदैआएको लौव अग्रासन साप्ताहिकका सम्पादक सन्तोष दहितलाई नगद ३० हजार रुपियाँ राशीसहित कदरपत्रले सम्मान गरिएको हो । लौव अग्रासन १७ वर्षदेखि निरन्तर थारु भाषामा प्रकाशित हुँदैआएको छ।

थारु, भाषा, कला संस्कृतिको संरक्षण र प्रवर्धनमा अतुलनीय योगदान गरेकोमा शनिवार काठमाडौंमा संघको छैठौं राष्ट्रिय महाधिवेशनमा लौव अग्रासनई संस्थागत रुपमा उक्त पुरस्कार प्रदान गरिएको हो ।

यस्तै, पत्रकार दिनेश चौधरीलाई सतौन स्मृति पत्रकारिता पुरस्कार र गायक विकास चौधरीलाई सतौन स्मृति प्रतिभा प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो । दुबै जनालाई २५२५ हजार नगद राशिसहित सम्मानपत्रले सम्मानित गरिएको छ। उक्त पुरस्कार युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले स्थापना गर्नुभएको हो ।

त्यस्तै, संघले पत्रकार उर्मिला गम्वालाई ओएसिस पत्रकारिता पुरस्कार २०८१ प्रदान गरेको छ । नगद १० हजार रुपियाँसहित कदरपत्रले गम्वालाई सम्मान गरिएको हो । उक्त पुरस्कार डा. मनोज चौधरीले स्थापना गर्नुभएको हो ।

त्यसैगरी संघले संघको महाधिवेशन सहयोग गर्ने विभिन्न संघ संस्थालाई समेत कदरपत्रले सम्मान गरिएको संघका नवनिर्वाचित कोषाध्यक्ष कारी महतोले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया