हाम्रो राष्ट्रिय एकता खण्डित भएको छैनः राष्ट्रपति भण्डारी


Vidhya

काठमाडौं, माघ १४ गते । राष्ट्रपति विद्या भण्डारीले मानिसका विचारहरु खण्डित भएपनि राष्ट्रिय एकता खण्डित नभएको बताउनुभएको छ । खण्डित मानसिकतालाई एक गर्न सबै पक्षलाई आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्न उहाँले आग्रह गर्नुभयो ।

राष्ट्रपतिको सरकारी कार्यालय शितल निवासमा संसदीय विट हेर्ने पत्रकारसँग विहिबार छलफल गर्नुहुँदै राष्ट्रपति भण्डारीले त्यस्तो आग्रह गर्नुभयो । राष्ट्रपति भण्डारीले विद्यमान घरेलु समस्या चाँडै समाधान हुनेमा विश्वास व्यक्त गर्नुभयो । मुलुकको एकता, अखण्डता र सार्वभौमसत्ताबारेमा सबै पक्ष संवेदनशील हुनुपर्ने भन्नुहुँदै उहाँले थप्नुभयो, “अहिलेको संघर्ष र प्रयास मुलुककै उन्नति र प्रगतिका लागि     हो ।”

“नयाँ संविधानको पूर्ण कार्यान्वयनविना परिवर्तनको अनुभूति हुन सक्दैन”, चर्चा गर्नुहुँदै राष्ट्रपति भण्डारीले भन्नुभयो, “हामी नयाँ चरणमा प्रवेश गरेका छौं, संविधानको कार्यान्वयनबाटै सबै समस्याको समाधान हुन्छ ।”

“नयाँ संविधानको पूर्ण कार्यान्वयनविना परिवर्तनको अनुभूति हुन सक्दैन”, चर्चा गर्नुहुँदै राष्ट्रपति भण्डारीले भन्नुभयो, “हामी नयाँ चरणमा प्रवेश गरेका छौं, संविधानको कार्यान्वयनबाटै सबै समस्याको समाधान  हुन्छ ।” मुलुकलाई आत्मनिर्भर बनाउन स्वदेशी उत्पादन बढाउनुको विकल्प नरहेको उहाँले चर्चा गर्नुभयो ।

“कृषि, वन, पर्यटन तथा जलाधर क्षेत्रमा मुलुक आत्मनिर्भर हुनसक्ने प्रशस्त आधार छ, त्यसको सही सदुपयोग गर्नतिर सबैको ध्यान जानुपर्छ” राष्ट्रपति भण्डारीले भन्नुभयो, “भएको स्रोत साधनको सदुपयोग गर्न सक्यौं भने मुलुक आत्मनिर्भर हुन समय लाग्दैन ।” नयाँ संविधान निर्माणपछि त्यसको सही सदुपयोग गर्दै देशलाई विकासमा केन्द्रीत गर्न अहिलेको आवश्यकता रहेको उहाँले बताउनुभयो ।

एक छुट्टै प्रसंगमा कुरा गर्नुहुँदै राष्ट्रपति भण्डारीले बहुविवाह गर्ने प्रचलनलाई ऐनले दण्डनीय बनाउनेमात्र व्यवस्था गरेकाले त्यसमा अझै छलफलको आवश्यकता रहेको बताउनुभयो । “बहुविवाह गर्ने प्रचलनलाई दण्डनीय हैन, निषेध नै गर्नुपर्छँ” राष्ट्रपति भण्डारीले भन्नुभयो, “निषेध गर्ने कुरामा धेरैको विमती छ, यसलाई बहसकोरुपमा लग्नुपर्छ ।”

“बहुविवाह गर्ने प्रचलनलाई दण्डनीय हैन, निषेध नै गर्नुपर्छँ” राष्ट्रपति भण्डारीले भन्नुभयो, “निषेध गर्ने कुरामा धेरैको विमती छ, यसलाई बहसकोरुपमा लग्नुपर्छ ।”

संसदमा ऐन बनाउने बेलामा प्रशस्त छलफल र बहस भएपनि एकजना पूर्व कानूनमन्त्रीले बहुविवाह गर्ने प्रचलनलाई निषेध बनाए धेरै महिलाको विचल्ली हुने तर्क गर्नुभएपछि त्यतिबेला निशेषको व्यवस्था हुन नसकेको उहाँले स्मरण गर्नुभयो । सो विषयलाई बहसकोरुपमा लगिदिन राष्ट्रपति भण्डारीले पत्रकारसँग आग्रह गर्नुभयो ।

सो अवसरमा संसदीय पत्रकारको तर्फबाट टंक पन्तले राष्ट्रपति भण्डारीलाई खादाले सम्मान गर्दै कार्यकालको सफलताको शुभकामना व्यक्त गर्नुभयो । संसदीय मामिला पत्रकार समाजका सदस्यसहित सो विट हेर्ने करिब २५ जना पत्रकारको सहभागिता थियो ।

presidentmeeting_sunil sharma8

SAM_2784

तपाईको प्रतिक्रिया