निर्देशिका उल्लंघन गर्नेलाई कारवाही हुन्छः प्रेस काउन्सिल


Press council

काठमाडौं, माघ १७ गते । समाचार सम्प्रेषण गर्दा कतै बालबालिकाको आत्मसम्मानमा चोट त पु¥याउनु भएको छैन ? होस् गर्नुस् । जथाभावी समाचार प्रकाशन तथा प्रशारण गर्दा दण्डको भागीदार हुनुपर्ला ।

बालबालिकाको अनुकुल सामग्री प्रचारप्रसार गर्न प्रेस काउन्सिल नेपालले बाल सम्वेदनशील पत्रकार निर्देशिका २०७२ जारीगर्ने तयारी गरेको छ । करिब एकवर्ष समय लगाएर काउन्सिलमा गठित कार्यदलले पहिलो पटक सो निर्देशिकाको मस्यौदालाई अन्तिमरुप दिएको छ । बाल मनोविज्ञानमा नकारात्मक असर पार्नेखालको सामग्री प्रकाशन भएमा ऐनअनुसार दण्डनीय हुने काउन्सिलको भनाई छ ।

करिब एकवर्ष समय लगाएर काउन्सिलमा गठित कार्यदलले पहिलो पटक सो निर्देशिकाको मस्यौदालाई अन्तिमरुप दिएको छ । बाल मनोविज्ञानमा नकारात्मक असर पार्नेखालको सामग्री प्रकाशन भएमा ऐनअनुसार दण्डनीय हुने काउन्सिलको भनाई छ ।

काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीको संयोजकत्वमा गठित सात सदस्यीय कार्यदलले एघार बुँदे निर्देशिका तयार गरेको छ । मस्यौदा निर्देशिकामा बालबालिकाको गोपनीयताको सम्मान गरिनुपर्ने, अपराधजन्य कार्यमा बालबालिकाकालाई लगाउन नमिल्ने, परिचय खुलाएर समाचार सम्प्रेषण गर्न नपाइने, विभत्स सामग्रीको प्रयोग गर्न नहुने प्रावधान छ ।

त्यस्तै, बालबालिकाको अन्तरवार्ता लिंदा अभिभावकको समेत स्वीकृति लिनुपर्ने, विज्ञापनमा बालबालिकालाई प्रयोग गर्न नहुने, बालबालिकासँग सम्बन्धित सामग्रीलाई सनसनीपूर्ण बनाई अतिरञ्जित गर्न नपाइने, बाल कार्यक्रम प्रशारण गर्दा शनिबार या बालबालिकालाई अनुकुल हुने समयमा गरिनुपर्ने व्यवस्था निर्देशिकामा छ ।

उपप्रधानमन्त्री तथा महिला बालबालिका तथा समाजकल्याणमन्त्री सी.पी. मैनालीले बालबालिकाका लागि पहिलोपटक पत्रकार निर्देशिका तयार हुन गइरहेकाले त्यसको कार्यान्वयन पक्षलाई विशेष जोड दिनुपर्ने बताउनुभयो । बालबालिका सँगसँगै क्रमशः ज्येष्ठ नागरिक, महिला, अपाङ्गता भएकाहरुका लागि पनि निर्देशिकाको खाँचो महशुस भएको चर्चा गर्नुभयो ।

सूचना तथा सञ्चारमन्त्री शेरधन राईले प्रेस काउन्सिललाई अहिलेको अवस्थाभन्दा बढी जिम्मेवार भएर आचारसंहिता तथा निर्देशिका कार्यान्वयनमा लाग्न आवश्यक रहेको बताउनुभयो । सीमित स्रोतसाधनका बीचमा पनि काउन्सिलले काम गर्नुपर्ने बाध्यता रहेको बताउनुहुँदै उहाँले काउन्सिलको स्तरोन्नति तथा प्राविधिक सहयोगका लागि सरकारले एक करोड ४० लाख रुपियाँ सहयोग गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

केन्द्रीय बाल कल्याण समितिका कार्यकारी निर्देशक तारक धितालले बालबालिका नै भोलिका देशको भविष्य भएकाले उनीहरुको संवेदनशीलतामा सबैपक्ष गम्भीर हुनुपर्ने बताउनुभयो । देशको कुल जनसंख्याको ठूलो हिस्सा ओगट्ने बालबालिकाको समाचार प्रकाशन तथा प्रशारण गर्दा गम्भीर बन्न उहाँले आग्रह गर्नुभयो ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले प्रेस काउन्सिल ऐन २०४८ को मातहतमा रहेर निर्देशिका तयार गरिएकाले बाल संवेदनशीलताको उल्लंघन गर्ने सञ्चारमाध्यमलाई ऐनअनुसार कारवाही गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । “कतिपयले आचारसंहिता र निर्देशिकालाई नैतिक दवावकारुपमा बुझ्ने गर्छन्, तर यो निर्देशिका त्यस्तो हैन, दण्ड र सजाय गर्ने अधिकार राख्छ” कार्कीले भन्नुभयो ।

“कतिपयले आचारसंहिता र निर्देशिकालाई नैतिक दवावकारुपमा बुझ्ने गर्छन्, तर यो निर्देशिका त्यस्तो हैन, दण्ड र सजाय गर्ने अधिकार राख्छ” कार्कीले भन्नुभयो ।

काउन्सिल ऐन २०४८ को नियम ५ (ख) मा प्रेस स्वतन्त्रताको दुरुपयोग हुन नदिन पत्रकारिता सम्बन्धी आचारसंहिता तोक्ने व्यवस्था छ । त्यस्तै, सोही नियमको (ङ) मा प्रेसको स्वतन्त्रता र पत्रकारिताको मर्यादामाथि हस्तक्षेप हुन नदिन प्रयत्नशील रहने व्यवस्था गरेको छ ।

नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले उत्तरदायी, जवाफदेही र मर्यादित पत्रकारिताका लागि आचारसंहिता तथा निर्देशिकाको आवश्यकता औल्याउनुभयो । पत्रकार अचारसंहिताको कार्यान्वयन पक्षलाई प्रभावकारी बनाउन दण्डको व्यवस्था अनिवार्य रहेकाले निर्देशिकाले पनि धेरै हदसम्म बाल संवेदनशीलता कायम गर्नमा मद्दत गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

काउन्सिलका अध्यक्ष कार्कीको संयोजकत्वमा गठित निर्देशिका तयार गर्ने कार्यदलमा वरिष्ठ पत्रकार कुन्दन अर्याल, सूचना विभागका निर्देशक लक्ष्मीविलास कोइराला, बाल कल्याण समितिका निर्देशक धिताल, महासंघका अध्यक्ष डा. विष्ट, उपाध्यक्ष अनिता विन्दु, महासचिव उजीर मगर सदस्य हुनुहुन्छ । निर्देशिकालाई आगामी ०७३ वैशाख १ गतेदेखि लागूगर्ने तयारी काउन्सिलले गरेको छ ।

तपाईको प्रतिक्रिया