माग पूरा नहुँदासम्म जारी नाकाबन्दी खुल्दैनः नेता ठाकुर


Thakur

काठमाडौ, माघ १८ गते । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले आज माघ १८ गते पछि रक्सौल नाका खोल्ने कुरा मनगढन्ते भएको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, १८ गतेपछि नाका खुल्छ भन्ने कुरा कहाँबाट आयो हामीलाई थाहा छैन । त्यो मनगढन्ते कुरो हो । नाकाबन्दीको विषयमा मोर्चाको अर्को बैठकमा छलफल हुन्छ । अनि मात्रै के हुन्छ भन्ने थाहा हुन्छ । अहिले नाकाबन्दी यथावत छ ।

१८ गतेपछि नाका खुल्छ भन्ने कुरा कहाँबाट आयो हामीलाई थाहा छैन । त्यो मनगढन्ते कुरो हो । नाकाबन्दीको विषयमा मोर्चाको अर्को बैठकमा छलफल हुन्छ ।

२० गतेभित्र मोर्चाको बैठक बस्छ । त्यो बैठकले सबै समिक्षा गर्छ ।’ संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका एक घटक तराई मधेश सदभावना पार्टीका अध्यक्ष महेन्द्र यादवले माघ १३ गते रिर्पोटर्स क्लबको साक्षात्कार कार्यक्रममा १८ गते नाकाबन्दी खुल्ने आशयको अभिव्यक्ति दिनु भएको थियो ।

अबको बैठकले मधेस आन्दोलनको अहिलेसम्मको सम्पूर्ण कार्यक्रमको समिक्षा गर्ने जानकारी दिदै बैठकपछि कार्यक्रम परिवर्तन भएर विभिन्न कार्यक्रम आउन सक्ने ठाकुरले बताउनुभयो । नाकाबन्दीदेखि कतिपय आन्दोलनका कार्यक्रम पुर्नविचारमा नपरे यथावत रहने सम्भावना उहाँले ब्यक्त गर्नुभयो ।

उहाँले आफूहरुको माग संविधान संसोधनले आंशिक रुपमा मात्रै संबोधन भएकोले मोर्चा असन्तुष्ट रहेको भन्दै माग पुरा नभएसम्म आन्दोलन जारी रहने दावी गर्नुभयो । आन्दोलन वर्षौ जान सक्छ, राजतन्त्रको विरोधमा हामी चार वर्ष सडकमै थियौ । कहिलेसम्म हुन्छ राज्यमा भर पर्छ ।

प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने तयारीमा रहेकोले नाका छाड्न भारतको दवाव पर्ला नि ? भन्ने जिज्ञासामा ठाकुरले भन्नुभयो, हाम्रो साथमा जनता छ, आन्दोलन नरोक्न जनताको दवाव छ ।’

प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने तयारीमा रहेकोले नाका छाड्न भारतको दवाव पर्ला नि ? भन्ने जिज्ञासामा ठाकुरले भन्नुभयो, हाम्रो साथमा जनता छ, आन्दोलन नरोक्न जनताको दवाव छ ।’ नाकाबन्दीले असर गरेको विषयमा सोधेको प्रश्नमा उहाँले यस्तो प्रश्न सरकारलाई गर्न सुझाव दिनुभयो ।

हाम्रो सवाल भनेको यो देशमा बस्न पाउने कि नपाउने भन्ने हो, उहाँले भन्नुभयो, हामीले जुन स्वायत्तताको माग गरेका छौ, त्यो दिने कि नदिने ? मधेसमा अहिले जति पनि ज्यान गुमाएका छन ती नागरिक हुन कि होईन ? यसको जवाफ दिनु पर्छ कि पर्दैन ?

जबसम्म नागरिकले अधिकार पाउँदैन तबसम्म आन्दोलन जारी रहन्छ ।’ बार्तालाई आफूहरुले कहिल्यै पनि अस्विकार नगरेको स्पष्ट पार्दै ठाकुरले भन्नुभयो, अहिलेसम्म २६ चोटी बार्ता भयो तर परिणाम आएन । संविधान संसोधनमा पनि हामीलाई समेटेनन ।

हामीले जुन स्वायत्तताको माग गरेका छौ, त्यो दिने कि नदिने ? मधेसमा अहिले जति पनि ज्यान गुमाएका छन ती नागरिक हुन कि होईन ? यसको जवाफ दिनु पर्छ कि पर्दैन ?

जबसम्म नागरिकले अधिकार पाउँदैन तबसम्म आन्दोलन जारी रहन्छ ।’ बार्तालाई आफूहरुले कहिल्यै पनि अस्विकार नगरेको स्पष्ट पार्दै ठाकुरले भन्नुभयो, अहिलेसम्म २६ चोटी बार्ता भयो तर परिणाम आएन । संविधान संसोधनमा पनि हामीलाई समेटेनन ।

यसरी आफूखुसी गर्दै जाने भए बार्ताको के औचित्य ? दुनियाँलाई देखाउन सरकार बार्ताको कुरा गर्छ तर नेताहरु बार्ताकालागि सिरियस छैनन् ।’ प्रधानमन्त्रीको पछिल्लो अभिब्यक्ति प्रति लक्षित गर्दै ठाकुरले यहाँ प्रधानमन्त्री भन्दा अरु कोही धामी झाँँक्री नभएकोले आफूलाई लागेको भुत पनि उहाँ आफैले झार्ने गरेको टिप्पणी गर्नुभयो ।

संविधान संसोधनप्रति टिप्पणी गर्दै ठाकुरले उत्कृष्ट संविधानमा लागु हुन अघि नै शसोधन भयो यो कस्तो उत्कृष्ट संविधान ? महागठबन्धन निर्माणको विषयमा संघीय समावेशी गठबन्धनसँग छलफल भइरहेको बताउँदै गठबन्धनसँग मधेस आन्दोलनमा सुरुदेखिनै सहकार्य भइरहेको ठाकुरले हमार पहुरा डट कमसँग कुरा गर्नुहुँदै बताउनुभयो ।

ठाकुरले आफ्नो भारत भ्रमण विशुद्ध स्वास्थ्य उपचारको लागि भएको स्पष्ट पार्दै भारतीय नेताहरु गणतन्त्र दिवसका कारण ब्यस्त भएकोले राजनीतिक कुरा नभएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया