महिला नेतृहरुले भन्नुभयो, ‘मिडियामा महिलाको विषय कमजोर छ’


SAM_2974

काठमाडौं, माघ २० गते । समाचार र सूचनामा महिलाको प्रतिनिधित्व अझै कमजोर भएको एक कार्यक्रममा महिला नेतृहरुले औल्याउनुभएको छ ।

मेडिया एडभोकेसी ग्रुपको आयोजनामा बुधबार यहाँ आयोजित कार्यक्रममा महिला नेतृहरुले महिलाका अधिकांश विषय अझै नेपाली मिडियामा स्थान नपाएको बताउनुभयो । महिलाले गरेका सकारात्मक कामभन्दा नकारात्मक कामलाई बढी प्राथमिकता दिने प्रबृत्ति कम हुन नसकेको उहाँहरुको बुझाई छ ।

समाज रुपान्तरणका लागि महिलाको भूमिका महत्वपूर्ण रहने गरेको भएपनि महिलाले गरेको प्रयास र सकारात्मक विषयलाई समेत मिडियाले प्राथमिकता दिनुपर्ने उहाँहरुको जोड थियो । कतिपय यस्ता विषय छन् जुन महिलाले मात्र गर्न सक्छन् त्यस्ता विषयहरु समाचार कम बन्छन् महिला सहभागीहरुले भन्नुभयो ।

SAM_2980

कार्यक्रममा मिडिया एडभोकेसी ग्रुपकी अध्यक्ष वविता बस्नेतले महिलाहरुले समाज रुपान्तरणका लागि विभिन्न सकारात्मक कामगरेको भएपनि समाचारमा नआउने गरेको बताउनुभयो । महिलाहरुको समान सहभागिता र नेतृत्वको विषयहरु समाचारकोरुपमा आउने गरेपनि घरपरिवार, समाजमा गरिएका उल्लेखनीय विषय समाचारकोरुपमा आउँदैनन् उहाँले भन्नुभयो ।

मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले मिडियामा महिलाहरुको कमजोर उपस्थिति र पहुँचका कारणले पनि महिलाका विषय मिडियामा कम समेटिएको बताउनुभयो । महिलाहरु एकसे एक सक्षम भइसक्दासमेत गुणात्मक उपस्थिति मिडियामा हुन सकेको छैन, उहाँले भन्नुभयो । मिडियामा पहुँच, समाचारका विषयवस्तु तथा समाचारको स्रोतकोरुपमा समेत महिलाहरुको उपस्थिति कमजोर रहेको उहाँले चर्चा गर्नुभयो ।

SAM_2986

गोरखापत्र दैनिकका बहुभाषिक भाषापृष्ठ नयाँ नेपाल विभागका संयोजक लक्की चौधरीले गोरखापत्रमा ३० वटा भाषाभाषीको पृष्ठ प्रकाशन भएपनि ९ वटा भाषामा मात्र महिला संयोजक र सहसंयोजकको प्रतिनिधित्व रहेको बताउनुभयो । त्यसमध्ये शेर्पा र गुरुङ् भाषामा मात्र महिला नै पृष्ठ संयोजक रहेको उहाँले जानकारी दिनुभयो । महिलाको सहभागिता बढाउने रणनीति गोरखापत्रले लिए पनि महिलाहरु स्वयम् काम गर्नकालागि निवेदन नदिनेगरेको उहाँले अनुभव सुनाउनुभयो ।

कार्यक्रममा मिना शर्मा, रसना ढकाल, करिश्मा चौधरी, सुशील पन्त, देवकी विष्ट, पार्वती थापामगर, सीता शर्मा लगायतले महिलाका विषयमा चर्चा गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया